गोंगबु घटनाकि आरोपित कल्पनाले फेर्दै बयान,तन्त्रविद्या सिक्दै गरेको खुलासा

काठमाडौ । काठमाडौको गोंगबुमा भएको घटनाका बारेमा प्रहरीले एक नयाँ तथ्य पत्ता लगाएको छ । रोल्पाका कृष्णबहादुर बोहोराको ज्यान लिएको अभियोगमा पक्राउ परेकी चितवनकी कल्पना मुडभरी(पौडेल) ले तन्त्रविद्या सिक्न लागेको तथ्य प्रहरीले फेला पारेको छ । उनले कृष्णबहादुरको ज्यान लिएपछि जसरी शवलाई टुक्रा पारेकी थिइन् त्यसवाट प्रहरी आश्चर्यमा परेको थियो । त्यस विषयमा ज्ञान भएको मानिसले मात्र त्यसरी ब्यवस्थापन गर्न सक्ने भन्दै प्रहरीले घटनाको विभिन्न पक्षको अनुसन्धान थालेको छ । ताजाखाबरमा लेखिएको छ ।
घटनामा अरुको पनि संलग्नता हुनसक्ने आशंकामा कल्पनाको कोठामा छानविन गर्न पुगेको प्रहरीले उनको कोठावाट तन्त्र विद्याका केही कापी फेला पारेको छ । कल्पनाले विभिन्न तन्त्र विद्या सम्बन्धि जानकारी लेखेर राख्ने गरेको प्रहरीले अनुसन्धानका क्रममा फेला पारेको जनाएको छ । उनले हिप्नोटाइज कसरी गर्ने भन्ने विषयमा समेत रुची राखेको उनको कोठामा पाएको प्रमाणले देखाएको प्रहरीको भनाई छ । उनको कोठामा फेला परेका केही कापीमा हिप्नोटाइज र अन्य तन्त्रविद्याका बारेमा जान्नका लािग उनले जानकारी लेखेर राखेकी छन् । तान्त्रिक गुरुका कुराहरु पनि लेखेको प्रहरीले फेला पारेको छ ।
घटना भएको ६ दिन यता कल्पनाले आफ्नो बयान फेर्दै गएकी छन् । उनले आफ्नो छोरीलाई पनि आँखा लगाउन थालेपछि त्यस्तो निर्णयमा पुगेको बयान दिएकी छन् । पछि फेरी अनुसन्धानका क्रममा पैसा पनि कारणका रुपमा देखिएको छ । कल्पनाले ५० लाख रुपैया लिएको कृष्णबहादुरका आफन्तहरुले दावी गरेका छन् । उनले वयानका क्रममा पनी छोरीलाई दु’ब्र्य’वहार गर्न थालेको देख्न नसकेर आफुलाई देबी चढेको पनि बताएकी छन् ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस