रामारोशन बाढि बितण्डा : बेपत्ता १७ जनाको नामावली

धनराज साउँद,अछाम
अछामको रामारोशन गाउपालिकामा कैलाशखोलामा आएको बाढिमा परि १७ जना भन्दा बढि बेपत्ता भएका छन ।बेपत्ता भएकाहरुको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । बेपत्ता भएका मध्ये ६ जनाको शव भेटिएको छ ।

हिजो राति परेको अबिरल बर्षाले गर्दा आएको बाढिले रामारोशन गाउपालिका वडा नम्बर ५ सैनी बजारबाट बगाएका १७ जना मध्ये ६ जनाको लास कैलास खोलाका विभिन्न स्थानमा भेटिएका हुन।

बेपत्ता भएकाहरुको नामावली :-

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराका अनुसार बाढिमा परेकाहरुको उद्धारका लागी अछाममा हेलिकप्टर परिचालन हुदैछ ।


हेलिकप्टरमार्फत बाढिमा परेकाहरुको उद्धार गरिने मन्त्रि बोहराले बताउनु भएको छ ।

उता नेपाल कम्युनिष्ट पार्टि नेकपाका प्रदेश कमिटि सदस्य दिपक साउँद तरंगले अछाममा बाढिले ठुलो क्षती पुर्याएको बिषयमा गृहमन्त्री राम बहादुर थापालाई भेटमार्फत जानकारी गराईएको बताउनु भएको छ ।


अछाममा बाढिले पुर्याएको क्षतीबारे गृहमन्त्रीलाई जानकारी गराउदै उद्योग तथा बाणिज्य तथा आपुर्ती मन्त्रि लेखराज भट्ट र दिपक साउँद

नेता साउँदका अनुसार गृह मन्त्रालय मार्फत अछाममा बाढिले पुर्याएको क्षतीको अनुगमन तथा उद्धारका लागी आवश्यक पहल गरिने भएको छ ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker