पुर्ब गृहमन्त्री रावल सहित ने क पा सुदुर पश्चिम प्रदेश कमिटी सदस्य केशर बहादर साउद पुगे गृहजिल्ला अछाम
बाढीपीडितलाई राहत बोकेर गृहमन्त्रीसहितको टोली अछाम प्रस्थान

५ भदौ, काठमाडौं । गत बुधबार निकै नै आएको बाढी पहिरोका कारण अछामको रामारोशन गाउँपालिका–५ कैलाश खोला सैनी बजारमा एकै परिवारका ७ जना सहित १७ जना बेपत्ता भएका छन् । बेपत्ता मध्ये ६ जनाको लास भेटाएर सनाखत सहित भैसकेको छ । यसरि विक्षिप्त भएको बेला अछामको रामारोशन गाउँपालिकाका बाढी पीडितहरुका लागि राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर थापा (बादल)सहितको टोली आज त्यसतर्फ प्रस्थान गरेको थियो । गृहमन्त्रीसहितको टोली शुक्रबार बिहान नेपाली सेनाको स्काई ट्रकमार्फत् काठमाडौंबाट अछामतर्फ प्रस्थान गरेको हो ।
सो टोलीमा गृहमन्त्री बादल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट,पुर्ब गृहमन्त्री नेकपा नेता एवम् सांसद भीम रावल, सांसदहरु शेरबहादुर कुँवर र तारामान कुँवर, गृहमन्त्रीका विज्ञ सल्लाहकार सूर्य सुवेदी ‘पथिक’, गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा। इन्द्रजित राई, विपद जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख अनिल पोखरेल,ने क पा सुदुर पश्चिम प्रदेश कमिटी सदस्य केशर बहादर साउद,दिपक साउद लगायतको टोलि उक्त राहत कार्यक्रम सहित सो बाढी ग्रसित क्षेत्रमा पुगेका थिए । नेकपा नेता एवम् सांसद भीम रावलले पनि ११ वटा त्रिपालको व्यवस्था गरेका छन् भने १ हजार ५५ किलो राहत सामग्रीमा खाद्यान्न, भाँडाकुँडा, त्रिपाललगायतका सामग्री सहित टोलि अछाम रामारोशन पुगेका थिए ।
ने क पा सुदुर पश्चिम प्रदेश कमिटी सदस्य केशर बहादर साउदले भाबुक हुदै त्यहाको गतिबिधि नजिकबाट निहालेर भन्नु भयो”तत्कालै रामारोसन गाउँपालिकामा सर्बप्रथम बाढी पिडित तथा पिडितको विवरण ल्याएर खाध्यन्न तथा राहतरण गर्नुका साथै बिजुलीको पावर हाउससमेत बाढीले बगाएका कारण तत्काल उज्यालोकाे लागि साेलार व्यवस्थान गर्ने र भंत्केका सबै संरचना पुननिर्माण गर्ने र भुगर्भ शास्त्र लियर माटाे निरिक्षण गरि बस्तिकाे ब्यबस्थापन गर्ने जानकारी समेत दिनु भएको छ । केशर साउदले स्थलग अनुगमन गरेर सो टोलि आजै नै काठमाडौं फर्किसकेका छन् ।