Techie IT

नेकपा अध्यक्षद्वयलाई कार्यदलले बुझायो प्रतिवेदन


काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलले तयार पारेको प्रतिवेदन अध्यक्षद्वया ओली र दाहाललाई बुझाएको छ । कार्यदलले एकसाता लगाएर तयार पारेको प्रतिवेदन शनिबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाएको हो ।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाका अनुसार शनिबार मात्रै अन्तिम रुपमा तयार पारिएको प्रतिवेदन अध्यक्षद्वयलाई हस्तान्तरण गरिएको हो ।

पार्टीमा देखिएको समस्या समाधानका लागि गत साउन ३० गते नेकपाका महासचिव विष्णु पौडेलको संयोजकत्वमा नेताहरु भीम रावल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, पम्फा भु्साल र शंकर पोखरेल सदस्य रहेको ६ सदस्यीय कार्यदल गठन जिम्मेबारी तोकिएको थियो ।

जनता समाचार डटकमबाट साभार


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस