Techie IT

कता जादै छ अझै हाम्रो नेपालि समाज, जातीय निर्णयले निम्त्या यो ह#त्या


सिरहा स् अर्नमा गाउँपालिका–५ कृष्णपुर बेल्दरही टोलका ५० वर्षीया सीतादेवी राउतकोे मंगलबार राति सामूहिक कु/टपिटबाट नि3धन भयो। टाउकोमा चोट लागेर अचेत भएकी उनको घटनास्थलमै मृ4त्यु भएको थियो। घट नामा कुट पिटबाट विन्देश्वरदेवी राउत, नागेन्द्रकुमार राउत, पूजाकुमारीदेवी राउत, रोहितकुमार राउत घा इते भएका छन्। स्थानीय सीताराम राउत, बुधेश्वर राउत, बालदेव साहलगायतले सीतादेवीको घरमै पुगेर कु टपिट गरेको पीडित पक्षको आरोप छ।जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले ७ जनामाथि कर्त व्य ज्यान मुद्दा दर्ताका गराएका छन्। सोही गाउँका बालदेव साह, कमलेश राउत, लीलादेवी राउत र सुलेखा राउतलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता डीएसपी विनोद घिमिरेले जानकारी दिए। गाउँबाट अधिकांश पुरुषहरू फरार भएका छन्। घट नाको मुख्य कारण हो, जातिय निर्णय र विकास योजना। अन्नपूर्ण पोस्टमा लेखिएको छ ।

के हो जातीय विवाद – यो गाउँमा ६३ घर परिवार बेलदार ९राउत० समुदायको बसोबास छ। दयानन्द राउतकी छोरीले चार वर्षअघि यादव समुदायसँग प्रेम विवाह गरिन्। यादवसँग बिहे गरेको भन्दै दयानन्दलाई गाउँलेले जातबाट निष्कासन गरे। बिहे, मृत्युकर्मलगायतका सामाजिक कार्यमा सहभागी हुन नदिने उर्दी जारी गरे। त्यसपछि दयानन्द सामाजिक कार्यमा सहभागी हुन पाएनन्। दयानन्द, रामसिस, पञ्चलाल, कुमर, उमा, सहदेव, राजदेव र रामदयाल दाजुभाइ हुन्। यसमध्येका सहदेव नै जातीय माइन्जन ९मुखिया० थिए। केही समयपछि यादवसँग विवाह गरेकी छोरी दयानन्दको घरमा आउजाउ गर्न थालिन्। दयानन्दका दाजुभाइले पनि स्वीकार गरेको देखेर गाउँलेले माइन्जन फेर्ने निर्णय गरे। दयानन्दका दुई जना दाजुभाइ कुमर र उमा गाउँलेको पक्षमा उभिए।

एक हप्ताअघि नजिकैको जमुवा टोलमा सोही गाउँका राजाराम राउतका ससुरा बिते। उनको भोजको निम्तो बेलदरही गाउँमा पनि आयो। त्यस विषयमा सोमबार गाउँमा छलफल थियो। सहदेवका दाजुभाइ कुमर र उमालाई छलफलमा बोलाइयो। बाँकी ६ जना दाजुभाइलाई पनि जातबाट निकाल्ने छलफल भएको बताइएको छ। स्थानीयका अनुसार त्यहाँ नयाँ जातीय माइन्जन गाउँलेहरूले नयाँ जातीय माइन्जनको रूपमा कुमरलाई नै चयन गरे। जातीय कार्यमा सहभागी गराउने कि नगराउने विषयमा छलफल जारी नै थियो।

विकासको विवाद-चार वर्षदेखि चल्दै आएको जातीय विवाद त छँदै थियो। त्यहीबीच गाउँमा पक्की ढलान गर्न गाउँपालिकाबाट ८ लाख रुपैयाँ बजेट आएको थियो। उपभोक्ता समितिका अध्यक्ष बुधेश्वर राउत, कोषाध्यक्ष पूजा राउत र सचिव रामदुलार राउत थिए। काम असारमै सम्पन्न भयो। ७ लाख २९ हजार ९ सय ३ रुपैयाँ भुक्तानी पाएको कोषाध्यक्ष पूजाले बताइन्। उनका अनुसार काम सकिएपछि केही रकम बचेको थियो। गिटी, बालुवा, रड, २६ बोरा सिमेन्ट र बेल्चा पनि थियो।

अध्यक्ष, कोषाध्यक्ष र सचिव तीनै जनाले बराबर बाँडफाँड गर्नुपर्ने पूजा राउतले जिकिर गरिन्। तर, अध्यक्ष बुधेश्वर र सचिव रामदुलारले कोषाध्यक्षलाई बाँडफाँड गर्न मानेनन्। पैसा बाँडफाँडको ताकेता गरेपछि आफूलाई मारपिट गर्ने धाकधम्की अध्यक्ष र सचिवले दिएका पूजाको आरोप छ। ‘त्यही विषयमा १० दिनअघि इलाका प्रहरी कार्यालय अर्नमा उजुरी दिँदा पनि प्रहरीले ध्यान दिएनन्, अहिले यो घट ना भयो,’ उनले भनिन्। मृतक सीतादेवी सडक ढलान समितिका कोषाध्यक्ष पूजादेवीकी सासू र दयानन्दकी भाउजू हुन्। सीताका पति राजदेव शारीरिक रूपमा अशक्त छन्, उनका एक मात्र सन्तान १५ वर्षीया छोरी सरिता छिन्।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!