भेन्टिलेटर खोज्दाखोज्दै वडाअध्यक्षको मृ#त्यु

समयमै भेन्टिलेटर नपाउँदा कोशी गाउँपालिका २ का वडा अध्यक्ष ४५ वर्षीय हिरालाल यादवको ज्यान गएको छ। हर्टअट्याक भएपछि भेन्टिलेटर खोज्दै बिर्तामोड पुर्याइएका यादवको बीएण्ड सी अस्पतालमा ज्यान गएको गाउँपालिका अध्यक्ष अयुब अन्सारीले जानकारी दिए। यादवलाई दिउँसो घरमै बसेको समयमा हर्टअट्याक भएको थियो।
कोरोना संक्रमणका कारण धरान र विराटनगरका अस्पतालमा भेन्टिलेटर नपाइएपछि उनलाई झापाको बीएण्ड सी अस्पताल पुर्याइएको थियो। तर त्यहाँ पनि उपाय नभएपछि अस्पतालबाट फर्काउने क्रममा यादवको मृ त्यु भएको अन्सारीले जानकारी दिए। गाउँपालिका अध्यक्ष अन्सारीले नेपाली काँग्रेसले एक असल नेता गुमाएको भन्दै दुःख व्यक्त गरेका छन्।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस