बाढिमा ज्यान गुमाएका आफन्तलाई अनेरास्ववियु अछामको सहयोग

अनेरास्ववियु जिल्ला कार्य समिति अछामले रामारोशन गाउँपालिकाका बाढि पिडितलाई आर्थिक सहयोग गरेको छ ।
अनेरास्ववियु अछामको पहलमा जिल्लाका बिभिन्न संघ संस्थाबाट संकलन गरिएको आर्थिक रकम सोमवार एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो ।
नेपाल कम्युनिष्ट पार्टि (नेकपा) अछामका जिल्ला कमिटि सचिवालय सदस्य तथा बिद्यार्थी ईन्चार्ज भीम रावलको नेतृत्वमा गएको एक टोलीले सोमवार रामारोशन नेटाकोटमा औपचारीक कार्यक्रम गरि ८५ हजार नगद हस्तान्तरण गरिएको बताईएको छ ।
अनेरास्ववियु अछामले जिल्लाका बिभिन्न ठाउँबाट संकलन गरेको ८५ हजार रुपैया बाढिमा ज्यान गुमाएका आफन्तलाई हस्तान्तरण गरिएको अनेरास्ववियु बिद्यार्थी नेता विवेक खड्काले बताउनु भयो ।
अनेरास्ववियु अछामका अध्यक्ष धुर्व रावलको अध्यक्षतामा भएको राहात बितरण कार्यक्रममा जिल्ला ईच्चार्ज भीम रावल प्रमुख अथिति रहनु भएको थियो भने कार्यक्रममा नेकपा रामारोशन गाउपालिका संगठन कमिटि अध्यक्ष कम्मानसींह साउँद बिशिष्ट अथिति रहनु भएको थियो ।
राहात बितरण कार्यक्रमको संचालन अनेरास्ववियु अछामका सहसंयोजक निरक शाहिले गर्नु भएको थियो ।
जिल्लाको रामारोशन गाउँपालिकामा बर्षासंगै आएको बाढिले सैनीबजार पुरै बगाउनुका साथै १७ जना बेपत्ता भएका थिए । बेपत्ता भएका मध्य ७ जनाको शव भेटिएको छ भने अन्यको खोजी कार्य चलिरहेको छ ।
क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, समाज, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस