Techie IT

बाढी पहिरोलाई राहात लिएर पल शाह अछाम


काठमाडौं ।अछाम रामारोसन गाउँपालिका ५ र ६ वडाको बिचमा रहेको स्थानीय कैलाश खोलामा आएको बाढीले करोडौको धनजनको क्षेति पुर्य्याएको छ । अस्ति २ गते राति आएको मुसलधारे पानीसंगै आएको बाढीले स्थानीय सैनी बजार बगर बनाएको छ । अझै भन्ने हो भने त्यो ठाउँको नाम निसाना मेटिएको छ । सो बाढीमा परेर १७ जना बेपत्ता भएका छन् । एकै परिवारको ७ जनाको ज्यान गएको छ । ९ जनाको लास भेटिएको छ भने बाकिको खोजीकार्य जारि रहेको छ

सो घटना भए पछी स्थानीय देखि केन्द्रको ध्यानकर्षण भएको छ । गृहमन्त्री बादल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट,पुर्ब गृहमन्त्री नेकपा नेता एवम् सांसद भीम रावल, सांसदहरु शेरबहादुर कुँवर र तारामान कुँवर,गृहमन्त्रीका विज्ञ सल्लाहकार सूर्य सुवेदी ‘पथिक’,गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा। इन्द्रजित राई, विपद जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख अनिल पोखरेल,ने क पा सुदुर पश्चिम प्रदेश कमिटी सदस्य केशर बहादर साउद,दिपक साउद,गाउँपालिकाका पदाधिकारी लगायतको टोलि बाढी ग्रसित क्षेत्रमा पुगिसकेका छन् ।
बिभिन्न ठाउँबाट राहात संकलन आईरहेको छ । नेपालका कान्छा सामाजिक अभियान्ता केपी खनालको टिम पनि त्यस तर्फ गैसकेको छ र राहत वितरण गरिसकेको छ । यसै सन्दर्भमा राहात लिएर नेपालि मनका तथा युवा पुस्ताका लोकप्रिय नायक पल शाह पनि सो ठाउमा प्रस्तान गर्दै छन् । बाढी पहिरो पिडितलाई राहात लिएर कालिकोट पुगेका पल शाहले राहत लिएर अछाम जादै छु भनेर स्टाटस लेखेका छन् ।

यहिँ काहाली लाग्दो घटनालाई मध्यनजर गर्दै सतिश अधिकारीको शब्द सृजनामा हेमन्त कान्छा रसाईलिको संगीतमा चक्र साउद आर.सी र शोभा थापाको स्वरमा”विपत”सार्वजनिक भएको छ । राजेश कुमारले सम्पादन गरेको म्युजिक भ्दियो निर्देशन डी.आरले गरेका हुन् भने सिरिश खडकाले छायाकन गरेका हुन् । हेर्नुहोस भिडियो :


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!