जनताका मन्त्री बोहरा एक पछि अर्को चर्चामा

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा अहिले सामाजिक सञ्जालमा चर्चाका पात्र बनेका छन् । लौरो टेक्दै बाढी प्रभावित बस्ती डुलेका तस्वीरहरु राखेर बोहरालाई धन्यवाद दिनेहरुको कमी छैन ।
भदौ २ गते रातिको अविरल वर्षासँगै कैलाश खोलामा आएको बाढीले अछामको रामारोशन गाउँपालिका–५ सैनीबजारका २२ घर बगायो, १७ जना मानिस वेपत्ता भए ।
बेपत्तामध्ये अझै नौ जना फेला परेका छैनन् । बाढी पहिरोले पुर्याएको क्षतिको अनुगमन गर्न आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरा शनिबार अछाम पुगे ।
मन्त्री बोहरा शनिबारदेखिनै बाढी पीडित क्षेत्रको अवलोकन गर्दै र बाढी पीडितहरुलाई सान्त्वना दिँदैछन् । प्रदेश राजधानी धनगढीबाटै राहत बोकेर अछाम पुगेका मन्त्री बोहराले प्रभावित क्षेत्रका नागरिकका लागि व्यक्तिगत सहयोग स्वरुप तीन लाख ६२ हजार बराबरको खाद्यान्न तथा स्वास्थ्य सामाग्री रामारोशन गाउँपालिकालाई हस्तान्तरण गरिसकेका छन् ।
सोमबार मन्त्री बोहराले बाढी पहिरोका कारण ज्यान गुमाएका व्यक्तिका परिवारसंग भेटघाट गरी सवमेदना दिएका छन् । उनले बाढीपीडितहरुका लागि प्रदेश सरकारले गरेको निर्णय समेत सुनाए । बाढीले क्षति पुर्याएका घर, बाटोघाटो, कुलो, नहर, विद्युत गृह, सडक पुल एक एक गरी निरीक्षण गर्दै मन्त्री बोहरा मंगलबार रामारोशन गाउँपालिका–५ को जात्तोला पुगेका छन् ।
खुट्टामा चप्पल, हाप पाइण्ट र मुखमा मास्क लाएका मन्त्री बोहरा लौरो टेकेर हिँड्दैछन् । मन्त्री बोहरा अझै दुईरतीन दिन बाढी प्रभावित क्षेत्रमै रहने उनका स्वकीय सचिव आदर्श साउदले जानकारी दिएका छन् ।
‘मुजावगरदेखि रामारोशन गाउँपालिकाको केन्द्रसम्म गोरेटो बाटो तत्काल सञ्चालन गर्नका लागि मन्त्री यूले गाउँपालिकालाई पत्राचार गरिसक्नु भएको छ’ साउदले भने ‘तत्काल गोरेटो बाटो भएपनि तयार गर्नुपर्ने अवस्था रहेकाले मन्त्री ज्यू पनि दुईरतीन दिन यतै बस्नुहुन्छ ।’
बाढीले पैदल हिँड्ने बाटो समेत बगाएपछि आउजाउ गर्न समते समस्या भएको छ । ‘हिड्ने बाटो समेत छैन, दुःख बिराममा पनि कसरी आउजाउ गर्ने रु’ मन्त्री बोहरालाई उदृत गर्दै साउदले भने ‘वाटो त जसरी पनि तयार गराउनु प¥यो, वजेटका लागि मन्त्रालयले व्यवस्था गर्छ ।’ बाढी प्रभावित क्षेत्र मन्त्री बोहराको निर्वाचन क्षेत्र हो ।
क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, समाज, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस