लकडाउनमा आत्म’हत्या : यस्तो छ सुदूरपश्चिमको बिवरण

लकडाउनका ११७ दिनमा २२ सयजना भन्दा बढीले आत्म’हत्या गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार चैत ११ गतेबाट साउन ४ गतेसम्मको अवधिमा २२ सय १८ जनाले आत्म’हत्या गरेका हुन् ।

यो अवधिमा सबैभन्दा बढी आत्म’हत्याका घटना प्रदेश नम्बर ५ मा देखिएको छ । प्रदेश ५ मा लकडाउनका ११७ दिनमा ४२९ जनाले आत्म’हत्या गरेका छन् ।

सबैभन्दा आत्म’हत्या कम हुने प्रदेशमा कर्णाली परेको छ ।

लकडाउनको ११७ दिनको अवधिमा कर्णाली प्रदेशमा ११९ जनाले आत्म’हत्या गरेका छन् । जसमा ७० पुरुष र ३८ महिला छन् । ५ बालक र ६ बालिका छन् ।

सुदूरपश्चिम प्रदेशमा ११७ दिनमा २०४ जनाले आत्म’हत्या गरेका छन् । आत्म’हत्या गर्नेमा ११३ पुरुष, ७९ महिला, ६ बालक र ६ बालिका छन् ।

लकडाउन बाहेक अन्य समयमा नेपालमा दैनिक १० देखि १४ जनासम्मले आत्म’हत्या गर्दै आएको प्रहरी तथ्याङ्‍कले देखाउँछ । नेपाल आत्म’हत्या गर्ने मुलुकमध्येको शीर्ष १०-१२ राष्ट्रभित्र पर्छ ।

विष खाएर र झुन्डिएर आत्म’हत्या गर्नेहरु बढी छन् । प्रहरी प्रधान कार्यालयका अनुसार यसबाहेक आगो लगाएर, हाम फालेर, करेन्ट लगाएर, आत्म’हत्या गर्नेहरु पनि छन् । आत्म’हत्याको कारण ठ्याक्कै भन्‍न नसकिने प्रहरी अधिकारी बताउँछन् ।

तर व्यक्तिगत तनाव, प्रेम सम्बन्धमा धोका, काममा असफलतालगायतले आत्म’हत्या गर्न बाध्य हुने गरेको पाइएको छ । लकडाउनको समयमा अन्य अपराध कम भए पनि आत्म’हत्या घट्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker