अछाममा चट्याङग लागेर ७ जना घाईते

कमल रावल भदौ १० अछाम
भारि बर्षासँगै बुधवार बेलुकि परेको चट्याङगबाट अछाममा ७ जना घाईते भएका छन ।
जिल्लाकाे साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लामा घाईते भएका जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय अछामले आधिकारीक फेसबुक मार्फत जानकारी गराउदै उनिहरुको उपचारका लागि स्वास्थ संस्था लगिएको बताईएको छ ।
आफनो गाउँ टोलमा यस्ता कुनै घटना भएका छन् भने तुरुन्त प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन प्रहरीले आग्रह गरेको छ ।
घटनाबारे थप बिवरण आउन बाँकि छ ।