बझाङको आइसोलेसनमा रहेका एक पुरुषको मृत्यु

जिल्ला अस्पताल बझाङको आइसोलेसनमा रहेका एक जना पुरुषको बिहीबार बिहान मृत्यु भएको छ ।
२ दिन अगाडी भारतबाट आएर सिधै जिल्ला अस्पतालको आइसोलेसनमा रहेका जयपृथ्वी नगरपालिका १ कैलाशका एक करिब ४५ वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको हो ।
मृत्युपछि उनको नमुना स्वाब संकलन गरि डडेल्धुराको प्रयोगशालामा पठाइएको जिल्ला अस्पताल बझाङका कोरोना फोकल पर्सन डाक्टर मिलन खड्काले बताए ।
डाक्टर खड्काका अनुसार ती पुरुष एचआइभी एड्सका विरामी रहेको र औषधी सेवन गर्न छोडेको एक वर्ष पुगेको थियो । उनको शव जिल्ला अस्पतालमै रहेको र रिर्पोट आएपछि मात्रै व्यवस्थापन गरिने पनि डाक्टर खड्काले बताए।