अछाममा श्रीमानले गरे आफ्नै श्रीमतीकोे ह-त्या

अछाममा एक श्रीमानले आफ्नै श्रीमतीकोे ह-त्या गरेका छन ।
जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर १३ बाव्लाका १ पुरुषले घरायसी बिवादका क्रममा आफ्नै श्रीमतीको ह-त्या गरेका हुन् ।
बाव्लाका ५२ बर्षीय दिपक कुँवरले घरायसी बिवाद हुदा बुधवार दिउसो १२ बजे तिर हसिँयाले घाँटीमा प्रहार गरी ४६ बर्षीया पत्नी धनादेवी कुँवरको ह-त्या गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
प्रहरीका अनुसार श्रीमतीको ह-त्या गर्ने दिपक कुँवर प्रहरीको नियन्त्रणमा रहेका छन भने घटनाबारे थप अनुसन्धान भईरहेको छ ।