कुट्पिटले २४ बर्षिय युवकको मुत्यु

कमल रावल, भदौ १७ अछाम
अछाम जिल्लामा २४ बर्षिय युवकको कुटपिट पछि मुत्यु भएको छ ।
मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाउका मानसिह भण्डारीका २४ बर्षिय छोरा संन्तोष भण्डारीको आज जिल्ला अस्पताल अछाममा मुत्यु भएको हो ।
हिजो मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाउको खाँदमा कमलबजार नगरपालिका वडा नम्बर ६ हात्तिबाझका युवासँग आपसि विवाद भएपछि कुटपिट हुदा गम्भीर घाईते भएका भण्डारीको आज दिउसो जिल्ला अस्पताल अछाममा मुत्यु भएको बताईएको छ ।
बाह्य चोट धेरै नदेखिएपनी भित्रि भागमा गम्भीर चोट लागेको र थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएपनी हेलिकप्टरमा लैजान नपाउदै मंगलसेनमा मुत्यु भएको जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर मनोज बिष्टले बताउनु भयो ।
उहाँको भित्रि भागमा गम्भीर चोट भएकाले अछाममा उपचार सम्भब नभएपछी नेपालगञ्ज रेफर गर्दा लैजानका लागि अछाममा हेलिकप्टर ल्याण्ड हुने बित्तिकै मुत्यु भईसकेको डाक्टर बिष्टले बताउनु भयो । यता जिल्ला प्रहरी कार्यालय अछामका अनुसार कुटपिटका कारण मुत्यु भएकाले घटनाको अनुसन्धान जारी रहेको बताईएको छ ।
कमलबजार नगरपालिकाका ६ हात्तिबाझका भुपेन्द्र शाही लगाएतका युवाको समुहले उहाँलाई कुटपिट गरेकाले आज बिहानै देखि खोजि कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुचना अधिकारी रमेशदत्त अबस्थीले बताउनु भयो ।
मृतकका आफन्तको तर्फबाट समेत प्रहरी कार्यालयमा उजुरी आईसकेकाले भुपेन्द्र शाही फरार रहेकाले खोजि कार्य तिब्र पारिएको उहाँले बताउनु भयो । मृतकका भण्डारीका आफन्तले घट्नामा सग्लन दोषिलाई चाडो भन्दा चाडो पक्राउ गरि कानुनी कटघरामा ल्याउन प्रहरी समक्ष माग गरेका छन ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस