निर्माण व्यवसायी बिष्णु स्वारद्धारा निशुल्क पक्कि बाटो मर्मत

बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बिच बजारमा निर्माण गरिएको पक्कि सडक निर्माण व्यवसायी बिष्णु स्वारले निशुल्क रुपमा मर्मत गरेका छन ।
जयगढ बिच बजारमा नागरिकहरुको आवत जावतका लागी गाउँपालिकाले गत आर्थिक बर्षमा निर्माण गरेको पक्कि बाटो निर्माण व्यवसायी स्वारले निशुल्क मर्मत गरेका हुन ।
गत आर्थिक बर्षमा निर्माण गरिएको पक्कि बाटोमा पानी जम्न थालेको भन्दै स्थानीयले गुनासो गर्न थालेपछि आफुले निशुल्क रुपमा पक्कि बाटोका पानी तथा हिलो जम्ने ठाउँमा खाल्डा खुल्डी पुर्नुका साथै सिमेन्ट प्लास्तर गरेको भानुज फर्निचर उद्योगका संचालक स्वारले बताउनुभयो ।
निर्माण व्यवसायी स्वारले निशुल्क रुपमा पक्कि बाटो मर्मत गर्ने क्रममा समेत स्थानीयले अवरोध पुर्याएको गुनासो गर्नु भएको छ । निश्वार्थ भावनाका साथ नागरिकहरुको सहजताका लागी बाटो मर्मत गर्ने क्रममा केहि स्थानीयले अवरोध खडा गर्दा गाउँपालिकाका जनप्रतिनिधिलाई आवश्यक सहजीकरणका लागी आग्रह गर्दा समेत जनप्रतिनिधिले बेवास्था गरेको स्वारले बताउनुभयो ।
बान्नीगढी जयगढ गाउँपालिकाले गत आर्थिक बर्षमा ३७ लाख लगानीमा जयगढ बिच बजारमा करिव ४ सयम मिटर पक्कि सडक निर्माण गरेको थियो । नागरिकहरुलाई आवत जावतमा सहज होस भन्ने उद्धेश्यले निर्माण गरिएको पक्कि बाटोमा पानी पर्ना साथ पानी जम्नुका साथै हिलाम्य हुन थालेपछि पक्कि बाटोलाई लिएर गाउँपालिकाको आलोचना हुदै आईरहेको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ पालिका स्तरीय बालकोषबाट १६ जना बालबालबालिकालाई शैक्षिक सामाग्री वितरण
- २ बझाङमा छोराछोरी सहित २२ वर्षीया आमा झुन्डिएको अवस्थामा फेला
- ३ अछाममा ४ हजार ८० नयाँ मतदाता थपिए
- ४ धनगढीमा घर अगाडी राखेको ट्रेक्टरमा आगजनी
- ५ श्रीमतीको अचानो प्रहारले श्रीमानको मृत्यु
- ६ आफ्नो पाचँ बर्षको कार्यकालमा वडाका थुप्रै अधुरा योजनाहरु पुरा गर्छुु : वडा अध्यक्ष थापा
- ७ जन्म दिनको अवसरमा बोगटीद्धारा क्यान्सर पिडितलाई आर्थिक सहयोग
- ८ ईयूको ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना आजदेखि लागू
प्रतिक्रिया दिनुहोस