नेकपा तिमिल्सैनद्धारा वडा कार्यालयलाई ध्यानाकर्षण पत्र पेश

नेपाल कम्युनिष्ट पार्टि (नेकपा) बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ४ वडा संगठन कमिटि तिमिल्सैनले वडा कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सैनले गरिरहेका बिकास निर्माण लगायतका बिषयमा नेकपा वडा संगठन कमिटिले वडा कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

वडामा विकास निर्माणका काममा जनप्रतिनिधिको मनपरि,व्यत्ति केन्द्रित बजेट बिनियोजन,सत्ताको आडमा जनताको समपतिमाथि हस्तक्षेप लगायतका क्रियाकलाप भईरहेको आरोप लगाउदै नेकपाले वडा अध्यक्ष कर्ण ठकुल्लालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

वडा संगठन कमिटि अध्यक्ष रंग ठकुल्ला र सचिव अमर खत्रीद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा ५ दिन भित्र वडामा संचालन भएका तथा भईरहेका योजनाहरुको हिसाव सार्वजनिक,योजनाको औचित्य पुष्टि,न्यायपुर्ण रुपमा राहात बितरण गर्न माग गरिएको छ ।

वडाको सर्वागींण बिकासका लागी नेकपा वडा संगठन कमिटि सदैव साथमा रहेको उल्लेख गर्दै यदि पार्टिका मागहरु ५ दिन भित्र पुरा नभएमा थप संघर्षका कार्यक्रम गरिने समेत ध्यानाकर्षण पत्र मार्फत जनाकारी गराईएको छ ।

ध्यानाकर्षण पत्र
पुष्टि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker