रामारोशन गाउँपालिका सैनीमा स्वास्थ्य शिविर सम्पन्न

बाढि प्रभावित क्षेत्र रामारोशन गाउँपालिकाको वडा नम्बर ५ सैनीमा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय अछामको आयोजना र रामारोशन गाउँपालिकाको समन्वयमा बाढि प्रभावित सैनीको कैलाशेस्वर आधारभुत बिद्यालयमा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

बाढि प्रभावित क्षेत्रका नागरिकहरुको स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्धेश्यले आयोजना गरिएको स्वास्थ्य शिविरबाट १ सय ३७ जनाले सेवा लिएका छन ।

रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलका अनुसार बाढि प्रभावित क्षेत्रका नागरिकहरुको स्वास्थ्य जाँच घाउचोटक उपचार तथा मनोबिर्मश सेवा प्रदान गर्ने उद्धेश्यका साथ शिबिर संचालन गरिएको हो । शिविरमा ८७ जना महिला र ५० जना पुरुषले बिभिन्न स्वास्थ्य सेवा लिएका छन ।

जिल्ला स्वास्थ्य कार्यालय अछामका डाक्टर प्रेम ढुँगाना नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले शिविर मार्फत सेवा प्रदान गरेको बताईएको छ । रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलको बिशेष पहलमा संचालीत स्वास्थ्य शिविरमा जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगाना,अधिकृत झपट ढुंगाना,नेकपा रामारोशन गाउँपालिका अध्यक्ष कम्मान साउँद वडा अध्यक्ष लक्ष्मण परियार लगायतले सहजीकरणमा सहयोग गर्नुु भएको थियो ।

यस्तै बाढि प्रभावित क्षेत्र सोर्णा र धनेसल्लामा शनिवार शिविर संचालन हुने छ । भाद्र २ गते राती बर्षासंगै आएको बाढिले रामारोशन गाउँपालिका वडा नम्बर ५ शैनीबजारलाई पुर्ण रुपमा बगाउदा १७ जनाको मृत्यु भएको थियो भने दर्जनौ घर तथा टहरा बगाएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker