बाढि पिडित नागरिकका लागी बिशेष कार्यक्रम संचालन गर्ने अर्थमन्त्री बोहराको उद्धघोष

अछाममा बाढि प्रभावित क्षेत्रका नागरिकहरुका लागी सुदूरपश्चिम प्रदेश सरकारले बिशेष कार्यक्रम ल्याउने अर्थमन्त्री झपट बहादुर बोहराले बताउनु भएको छ ।
रेडियो बान्नीगढीसंग कुराकानी गर्दै मन्त्रि बोहराले अछाममा भाद्र २ गते राती बर्षा संगै आएको बाढिका कारण ठुलो क्षती व्यहोरेका नागरिहरुका लागी प्रदेश सरकारले आवश्यक कार्यक्रम ल्याउने बताउनु भएको हो ।
मन्त्रि बोहराका अनुसार बाढि पहिरोमा परि ज्यान गुमाएका तथा घरबार र खेत बगाएर बिचल्लीमा परेकाहरुको जीवनस्तर उकास्नका लागी कृषी,पशु लगायत क्षेत्रमा आर्थिक सहायता सहतिको बिशेष कार्यक्रम संचालन गरिने छन ।
जिल्लाको रामारोशन गाउँपालिकासंगै र बान्नीगढी गाउँपालिका र अन्य क्षेत्रमा भएको क्षतीको बिस्तृप्त बिवरण संकलन पश्चात बजेट व्यवस्थापन तथा आवश्यक योजना संचालन गरिने उहाँको भनाई छ ।
बाढि पहिराका कारण सडक संजाल बिद्युत संजालबाट टाढा बनेको रामारोशन गाउँपालिका र त्यस क्षेत्रका नागरिकहरुको जनजीवन सामान्य स्थितिमा ल्याउन प्रदेश सरकारका तर्फबाट आवश्यक बजेटको कमि हुन नदिने अर्थमन्त्री बोहराले प्रतिबद्धता जनाउनु भयो ।
सडक संजाल,बिद्युत पुल पुलेसा र ग्रामीण बाटोमा पुगेको क्षतीको यथार्त बिवरण संकलन कार्य सकिने बितिक्कै योजना पुनः संचालन गर्न बजेट व्यवस्थापनमा जुट्ने उहाको भनाई छ ।
अर्थमन्त्री झपट बाेहरासँगकाे कुराकानी :-
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- २ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ३ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ४ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ५ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ८ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
प्रतिक्रिया दिनुहोस