Techie IT

बान्नीगढी गाउँपालिकाका दर्जन बढि ग्रामीण सडक बर्षासंगै अवरुद्ध ( कुराकानी सहित )


बान्नीगढी जयगढ गाउँपालिकाका बिभिन्न वडाका दर्जन बढि ग्रामिण सडक अवरुद्ध रहेका छन ।

बर्षासंगै आएको पहिरोका कारण दर्जन बढि ग्रामिण सडक अवरुद्ध रहेका छन संचालनमा रहेका ग्रामीण सडकको अवस्था समेत दयनिय रहेको छ ।

बर्षासंगैको पहिरोका कारण बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ छातासैन हुदै स्याउले जोड्ने ग्रामिण सडक,जयगढ माथिल्लो बाच्कोट ग्रामिण सडक,जयग पचाँगा ग्रामीण सडक,जयगढ बेल्पाटा ग्रामीण सडक दर्ना काँडाकोट ग्रामीण सडक लगायतका सडक अवरुद्ध छन ।

नागरिकहरुको सहजताका लागी गाउँपालिकाको ठुलो रकम खर्च गरि निर्माण गरिएका ग्रामीण सडक मर्मतमा गाउँपालिकाले कुनै चाँसो नदिएको स्थानीयको गुुनासो छ । ग्रामीण सडकहरु अवरुद्ध हुदा बिरामी पर्दा बोकेर ल्याउनु पर्ने, दैनीक उपभोग्य सामानहरु बोकेरै ढुवानी गर्नुपर्ने बाध्यता रहदै आएको छ ।

यसै बिच २ महिनादेखी अवरुद्ध रहेको जयगढ धारासैन ग्रामिण सडक पुनः सुचारु भएको छ । असारदेखी अवरुद्ध रहेको जयगढ धारासैन ग्रामिण सडक मर्मत पश्चात विहिवार देखी सुचारु भएको हो ।

बर्षासंगै आएको पहिरोका कारण जयगढ धारासैन ग्रामिण सडक असारदेखी अवरुद्ध रहेको थियो । बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदका अनुसार स्थानीय युवाहरुलाई परिचालन गरि ग्रामिण मर्मत गरिएको हो ।

ग्रामिण सडक मर्मत गर्न गाउँपालिका उपाध्यक्ष साउँदसंगै अन्य युवाहरु परिचालीत भएको बताईएको छ । सडक मर्मतमा खटिने युवाहरुलाई गाउँपालिकाले सक्दो पारिश्रमीक उपलव्ध गराउने उपाध्यक्ष साउँदले बताउनुभयो ।

ग्रामीण सडकका बिषयमा गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदसंग गरिएको कुराकानी :-

Radio bannigadhi · कुराकानी : लोक बहादुर साउँद

क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस