जयगढ प्रहरी बिकृतिजन्य कृयाकलाप नियन्त्रणमा सक्रिय : सहायक निरिक्षक भट्ट

प्रहरी चौकी जयगढले बिकृतिजन्य कृयाकलाप नियन्त्रणमा सक्रियता देखाएको छ ।

पछिल्लो समय जयगढ क्षेत्रमा भईरहेका सम्पुर्ण बिकृति जन्य गतिबिधी नियन्त्रणमा जयगढ प्रहरीले सक्रियता देखाएको हो ।

कोरोनाको कहरले बैदेशिक रोजगारी तथा कामको शिलशिलामा बाहीर गएका मान्छेहरु गाँउ भित्रीयपछि अहिले गाँउघरमा जुवा तास तथा जाडरक्सीका बिकृतिहरु ह्वात्तै बढेका छन् । तर जयगढ प्रहरी कुकृतिजन्य कृयाकलाप नियन्त्रणमा अहोरात्र खटिरहेको प्रहरीचौकी जयगढका ईन्चार्ज रमेशराज भट्टले उल्लेख गर्नुभयो ।

प्रहरी चौकि ईन्चार्ज भट्टका अनुसार बान्नीगढी जयगढ गाउँपालिकाका बिभिन्न वडा तथा टोलहरुमा प्रहरीले नियमित रुपमा गस्ति गरिरहेको छ ।

प्रहरीले गस्तीसंगै बिशेष गरि गाउँटोलमा हुने जुवातास,घरेलु मदिरा नियन्त्रणमा सक्रियता देखाएको भट्टकोे दावी छ । ईन्चार्ज भट्टले चौकीमा प्रहरीको दरबन्दि कम भएकाले बिकृति नियन्त्रणमा केही असहज भएको तर आफुहरु रातदिन नभनेर खटीरहेको बताउनुभयो ।

कुराकानी : रमेशराज भट्ट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker