अवरुद्ध सडकहरु तत्काल सञ्चालनमा आउछन् : उपाध्यक्ष रावल

रामारोशन गाँउपालिकाका बिभीन्न ग्रामीण सडकहरु अबरुद्ध छन् ।

बर्षायाम शुरु भएसंगै गएका पहिरा र ठुला भलहरुले चिरेर अबरुद्ध भएका ग्रमीण सडकहरु अझै खुलेका छैनन् । गाउपालिकाको केन्द्रदेखि बिभीन्न बस्तिहरुसम्म जोडिएका सडकहरु अबरुद्ध भएको लामो समयसम्म पनि सञ्चालनमा नआएपछि स्थानिय मारमा परेका छन् ।

अबरुद्ध सडक नखुलेपछि अहिले गाँउपालिका अधिकांस नागरिकहरु दैनिक उपभोग्यका सामान तथा बिरामी पर्दा समेत लामो बाटो घण्टौ पैदल हिडेर सम्बन्धित स्थानसम्म पुग्ने गरेका छन् ।

यता गाँउपालिकाका उपाध्यक्ष सरस्वति रावलले भने अहिले आफुहरु गत भाद्र दुई गते गएको बिनासकारी बाढीले गाँउपालिकामा पुर्याएको क्षेतिको बिबरण संकलन तथा राहतको काममा नै ब्यस्त भएको र अब तत्काल अबरुद्ध सडक सञ्चान गर्ने तर्फ केन्द्रित हुने बताउनु भयो ।

उपाध्यक्ष रावलले अबको केही समय भित्रै गाँउपालिकाका सम्पुर्ण ग्रामीण सडकहरु सञ्चालन गरिने दाबी गर्नुभयो । यसैबिच आज हामीले रामारोशन गाँउपालिकाका अबरुद्ध ग्रामीण सडक सञ्चालनका बिषयमा गााउपालिकाका उपाध्यक्ष सरस्वति रावलसंग कुराकानि गरेका छौँ ।

कुराकानिको शुरुमा उहाँलाई साथी भानु ढकालले अहिले रामारोशनका ग्रामीण सडकहरुको अवस्था कस्तो भनेर सोध्नुभएको छ ।

कुराकानि ः सरस्वति रावल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker