बाढि पिडितलाई तत्काल राहात बितरण गर्छौँ : उपाध्यक्ष साउँद ( कुराकानी सहित )

बान्नीगढी जयगढ गाउँपालिकाले बाढि पिडित नागरिकहरुलाई राहात बितरण गर्ने निर्णय गरेको छ ।
सोमवार सम्पन्न कार्यपालिका बैठकले बान्नीगढी जयगढ गाउँपालिकाका बिभिन्न वडामा पुगेको क्षेतीको बिवरण संकलन गरि सक्दो राहात बितरण गर्ने र अन्य सहयोगका लागी प्रदेश सरकार र संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदका अनुसार गाउँपालिकाको बिपद व्यवस्थापन समिति बैठक पश्चात गाउँपालिकाले सक्दो राहात बितरण गर्ने र अन्य राहात तथा पुर्वाधार निर्माणका लागी प्रदेश सरकार र संघीय सरकारलाई सिफारीस गर्ने कार्यपालिका बैठकबाट निर्णय पारित गरिएको छ ।
भाद्र २ गते राती बर्ष संगै कैलाश खोलामा आएको बाढिले दर्ना देखी मटेला सम्मका खेतहरुको ठुलो क्षेती पुर्याउनुका साथै करिव १ दर्जन घट्ट तथा छाना बगाएको थियो ।
बान्नीगढी जयगढ गाउँपालिका वड नम्बर ६ पाटेखेत देखी वडा नम्बर २ जनालीकोटको मटेलासम्मका खेतहरुमा पुगेको क्षेतीको बिवरण संकलन गरि तटबन्द लगायत पुर्वाधार निर्माणका लागी प्रदेश सरकार र संघीय सरकारलाई सिफारिस गरिने उपाध्यक्ष साउँदले बताउनुभयो ।
कुराकानी : लोक बहादुर साउँद
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस