मेल्लेखमा असोज पहिलो साताबाट बिद्यालय संचालन गरिने

लाल बहादुर चदारा ,३० भाद्र अछाम ।

मेल्लेखमा असोज पहिलो साताबाट बिद्यालय संचालन गरिने भएको छ ।

गाँउपालिकाले आज सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम गर्दै असोज पहिलो साताबाट बिद्यालय सञ्चालनमा ल्याउने ल्याउने निर्णय गरेको हो ।

लामो समय देखि कोभिट १९ बाट शिक्षा क्षेत्र मा परेको प्रभाव लाई मध्यनजर गर्दै मेल्लेख मा बिद्यालय हरु सन्चाल मा ल्याउने तयारी र पठनपाठन अगाडि बढाउने निर्णय गरिएको हो । बिद्यार्थी शिकाइ निर्दशिका २०७७ अनुसार कार्ययोजना तयार गरि बिद्यालय संचालन ल्याउने बताईएको छ ।

अन्तक्रिया कार्यक्रममा मेल्लेख गाउपालिकाका अध्यक्ष लोक बहादुर बोहोराले स्वस्थ्य सुरक्षाको ब्यबस्था गर्दै सम्पूर्ण बिद्यालयहरु र समन्धित सबै पक्ष जिम्मेवार भई सरोकार बालाको सल्लाह मा असोज ७ गते देखि बिद्यालय संचालन गर्न पधानाध्यापकहरुलाई निर्देशन दिनुभएको छ ।

यस्तै कार्यक्रममा बोल्दै पुर्व जिबिस सभापति कृष्णप्रसाद जैसि ले शैक्षिक क्षेत्र लाई अगाडि बढाउन स्थानीय सरकार र समन्धित निकायको उतिकै ध्यान जानुपर्ने र नीति निर्देशनमा रहि पठनपाठनलाई अगाडि बढाउनु पर्नेमा जोड दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker