तिमिल्सैन वडा कार्यालयको ताला खोलीयो : तालाबन्दि प्रकरणबारे के भन्छन उपाध्यक्ष साउँद

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सेन वडा कार्यालयमा लगाईएको ताला द्धिपक्षीय सहमतीका साथ खोलीएको छ ।
नेपाल कम्युनिष्ट पार्टि (नेकपा) वडा संगठन कमिटि तिमिल्सेन र वडा कार्यालय बिच सहमती पश्चात वडा कार्यालयमा लगाईएको ताला खोलीएको हो । नेकपा वडा संगठन कमिटि तिमिल्सैनले बिभिन्न माग सहित वडा कार्यालयमा तालाबन्दि गरेको थियो ।
ताला खोल्नका लागी भएको सम्झौता :
वडामा गरिएको तालवन्दिका कारण स्थानीय सर्वसाधारण तथा सेवाग्राहि मारमा परेका थिए । वडाका जनप्रतिनिधि नेपाल कम्युनिष्ट पार्टि (नेकपा) प्रतिनिधि मानव अधिकारकर्मी लगायतको उपस्थितीमा सहमतीका आधारमा वडामा लगाईएको ताला खोलीएको बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदले बताउनुभयो ।
वडामा तलावन्दिका कारण यो अवधिमा सेवाग्राहि तथा सर्वसाधारणलाई असुविधा भएको प्रति वडा अध्यक्ष कर्ण ठकुल्लाले दुःख व्यक्त गर्नु भएको छ ।
यसै बिच आज हामीले ताला खोलीएको बिषयमा गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदसंग कुराकानी गरेका छौ । सुनौ यो कुराकानी