मनकारी ठकुल्लाको परोपकारी काम : बाढि पिडितका लागी ५ वटा घर बनाउने घोषणा

रामारोशन गाउँपालिकाका बाढि पिडितका लागी ५ वटा घर निर्माण गर्ने गगन चन्द्रा भक्त ठकुल्ला समाजले घोषणा गरेको छ ।
समाजका अध्यक्ष तथा समाजसेवी भक्त ठकुल्लाले एक बत्तव्य जारि गर्दै बाढि पिडितका लागी ५ वटा घर निर्माण गर्ने घोषणा गर्नु भएको हो ।
भाद्र २ गते आएको बाढिका कारण आफन्तसंगै घर गुमाएका रामारोशन गाउँपालिकाका अति बिपन्न ५ परिवारका लागी ५ वटा घर निशुल्क रुपमा निर्माण गर्ने अध्यक्ष भक्त ठकुल्लाले बताउनुभयो ।

बाढिका कारण आफन्त संगै घर समेत बगाएर सडक बास बस्नु पर्ने बाध्यता भएका परिवारका लागी ५ वटा घर निर्माण गर्ने उहाँको भनाई छ । ठकुल्लाका अनुसार घरहरु निर्माण गर्नका लागी रामारोशन गाउँपालिकासंग आवश्यक समन्वय भईरहेको छ । घर निर्माणका लागी जग्गा उपलव्ध भएपछि निर्माणको कार्य अघि बढाईने छ ।
बिचल्लीमा परेकाहरुको जनवीवन सामान्य बनाउनका लागी आफुले निस्वार्थ भावनाका साथ घर निर्माण गरिदिने निर्णय गरेको ठकुल्लाले बताउनुभयो । गगन चन्द्रा भक्त ठकुल्ला समाजले सामाजीक क्षेत्रमा बिगत देखी नै बिभिन्न रचनात्मक कार्य गर्दै आईरहेको छ ।
भदौ २ गते कैलाश खोलामा आएको बाढीले रामारोशनको सैनीबजारका १७ जना बेपत्ता भएकोमा ८ जनाको मात्रै शव फेला परेको छ । अझै ९ जना बेपत्ता छन् ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस