Techie IT

स्थानीय कर्मचारी तर्दथ समिति बान्नीगढीको अध्यक्षमा झनक रेग्मी


बान्नीगढी जयगढ गाउँपालिकामा स्थानीय कर्मचारी हक हित मञ्च गठन गरिएको छ ।

प्रशासन अधिकृत झनक रेग्मीको अध्यक्षतामा बान्नीगढी जयगढ गाउँपालिका स्तरिय स्थानीय कर्मचारी हक हित मञ्च गठन गरिएको हो ।

बान्नीगढी जयगढ गाउँपालिकाका प्रशासन अधिकृत झनक रेग्मीको अध्यक्षतामा गठित स्थानीय कर्मचारी हक हित मञ्चको उपाध्यक्षमा लोकेन्द्र ठकुल्ला,समुन्द्रा बोगटी सचिवमा मनोज रिमाल,कोषाध्यक्ष नारद खनाल लगायतका ११ सदस्य रहेका छन ।

स्थानीय कर्मचारीहरुको जिल्ला कार्य समिति गठन गर्ने तयारी अनुसार नै बान्नीगढी जयगढ गाउँपालिका स्तरिय तदर्थ समिति गठन गरिएको सचिव मनोज रिमालले बताउनुभयो ।

बान्नीगढी जयगढ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत झनक रेग्मीको अध्यक्षतामा भएको तदर्थ समिति गठन कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का प्रमुख अथिति रहनु भएको थियो भने गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँद बिशिष्ट अथिति रहनु भएको थियो ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!