महिलाका क्षेत्रमा भनेका कानुन कार्यान्वयन नहुँदा महिलाहरु समस्यामा : रावल

अन्तरपार्टि महिला सञ्जाल अछामका अध्यक्ष बिन्दु रावलले महिलाको क्षेत्रमा बनेका कानुन पुर्ण रुपमा कार्यान्वयन हुन नसकेको बताउनु भएको छ ।
संविधान दिवशको अवशरमा रेडियो बान्नीगढीसंग कुराकानी गर्दै अध्यक्ष रावलले महिलाको क्षेत्रमा बनेका कानुन पुर्ण रुपमा कार्यान्वयन हुन नसकेको बताउनु भएको हो ।
नेपालको संविधानमा महिलाको क्षेत्रमा थुप्रै कानुन बनेका भएपनि अछाम जिल्लामा भने कानुन कार्यान्वयन हुन नसक्दा महिलामाथी हुने बिभेद तथा हिंसा हुने क्रम नरोकिएको रावलले बताउनुभयो ।
रावलका अनुसार चैत्र यता मात्र अछाममा ३९ वटा महिलामाथी हिंसाका घटना भएका छन् ।
नेपालको संविधान अनुसार महिलामाथी दुव्र्यवहार, हिंसा, बिभेद गर्नेलाई दण्डित गर्ने व्यवस्था रहेपनि कानुन कार्यान्वयन गर्ने निकायमा रहेका सरोकारवालाले नै कानुन कार्यान्वयनमा बेवास्था गर्ने गरेको रावलको भनाई छ ।
नेपालको संविधानले महिलाको क्षेत्रमा निर्दिष्ट गरेका कानुनबारे अछामका महिलाहरु जानकार रहेको भएपनि फितलो कार्यान्वयनका कारण महिलाहरु कानुनी उपचार भन्दा पनि अन्य उपाय रोज्न बाध्य भईरहेको रावलले बताउनुभयो ।
महिलामाथी हुने हिंसा तथा बिभेदका घटना कानुनी उपचारका लागी दर्ता नै नहुने भईहालेको खण्डमा पनि सवै क्षेत्रबाट मिलापत्रका लागी दबाव दिईने लगायतका कारण महिलाहरु समस्यामा पर्दै आएको उहाँको भनाई छ ।
कानुन कार्यान्वयन गर्ने तहमा रहेका सरोकारवाला र राजनितिक तथा सामाजीक अगुवाहरुको महिलामाथी हेर्ने दृष्टिकोण परिवर्तन नभएसम्म यस्तो कानुन बनेर कुनै उपलव्धी नहुने उहाँले बताउनुभयो ।
कुराकानी : बिन्दु रावल –