Techie IT

सरस्वती माबि असोज ११ गते देखी संचालन गरिने : अध्यक्ष साउँद


कोरोना भाइरसको संक्रमण फैलिएपछि जारी लकडाउन र निषेधाज्ञापछि बन्द रहेका विद्यालय पुनःसञ्चालनको तयारी थालिएको छ ।

बान्नीगढी जयगढ गाउँपालिकाका बिद्यालय संचालन गर्ने तयारी थालिएको हो ।

यसै बिच बान्नीगढी जयगढ गाउँपालिकाको स्रोत केन्द्र रहेको सरस्वती माद्यामिक बिद्यालय यहि असोज ११ गते देखी संचालन गर्ने निर्णय गरिएको छ ।

बिद्यालय व्यवस्थापन समितिको बैठक मार्फत असोज ११ गतेदखी बिद्यालयको पठन पाठन सुरु गर्ने निर्णय गरिएको बिद्यालय व्यवस्थापन समिति अध्यक्ष टेक बहादुर साउँदले बताउनुभयो ।

उहाँका अनुसार कोरोना रोकथाम तथा संक्रमण न्युनिकरणका लागी आवश्यक शर्तहरु पुरा गरि बिद्यालयमा नियमित पठन पाठन गराईने छ ।

कुराकानी : टेक बहादुर साउँद –

Radio bannigadhi · Tek bdr saud

क्याटेगोरी : मुख्य समाचार, शिक्षा, समाचार, स्थानीय, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस