रामारोशन बाढि बितण्डा : २ मन्त्रीद्धारा रामारोशनमा अन्तरक्रिया

भाद्र २ गते राति कैलाशखाेलामा आएको बाढिपहिराेले क्षति गरेकाे सडक पुनःनिर्माणका लागि रामाराेशन गाउपालिकामा अन्तरक्रिया सम्पन्न भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका भाैतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बाेहरा र आर्थिक मामिला तथा याेजना मन्त्री झपट बाेहरा सहितकाे टाेलिले मुजाबगरमा स्थानीय र सराेकारवाला संग अन्तरक्रिया गरेकाे हाे ।

जयगढ-रामाराेशन सडक खण्डको शिला पक्की पुल देखि मुजाबगर हुदै सैनी सम्मकाे नदिले कटान गरेकाे सडक क्षेत्रकाे निरिक्षण सहित सडक खण्डमा पुगेको क्षतिकाे अवस्था, सडक निर्माणकाे बैकल्पिक ब्यवस्था लगायतका विषयमा अन्तरक्रिया गरिएको छ ।

अन्तरक्रियामा बाेल्दै भाैतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बाेहराले बिपदबाट क्षति भईसकेपछि अब निरासा पालेर बस्न सकिने अवस्था नरहेकाे बताउनुभयो ।

स्थानीय जनताको माग र रामाराेशन क्षेत्रकाे अावश्यकतालाई मध्यनजर गर्दै पूर्वाधारका क्षेत्रमा भएको नाेक्सानीलाई पुर्ति गर्नेगरि बजेटकाे ब्यावस्थापन गरिने बताउनुभयो । जयगढ रामाराेशन सडक खण्डलाई सुचारु गर्नका लागि निरन्तर लागिरहेकाे र सडक बनाएरै छाेड्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

निर्माणाधीन सडकलाई बाढिपहिराेले अझ राम्रोसँग बनाउ भन्ने संकेत गरेकाे भन्दै जुनसुकै हालतमा पनि सडक बन्नुपर्ने उल्लेख गर्नुभयो । तिनै तहका सरकारहरुले समन्वयात्मक रुपमा पुननिर्माण कार्य अगाडि बढ्ने र प्रदेश सरकार भाैतिक पूर्वाधार विकास मन्त्रालयले गर्नुपर्ने काममा कुनै कमि नहुने जानकारी गराउनुभयाे ।

यस्तै अार्थिक मामिला तथा याेजना मन्त्री झपट बाेहराले याे बाटाेकाे बिकल्प खाेजिदि अाैचित्यपुष्टि हुनुपर्नेमा जाेड दिनुभयो । ५/१० मिटर तलमाथि गएपनि यहि बाटाेलाई १५ दिनभित्रै अगाडि बढाउनेगरि अगाडि बढ्न निर्माणब्यावसायिलाई निर्देशन दिनुभयो ।

छिटोभन्दा छिटाे यहि बाटाेलाई अगाडि बढ्नुपर्ने बताउदै मन्त्री बाेहराले त्यसका लागि अाफु पूर्णरूपमा तयार रहेकाे बताउनुभयो । पार्टी पंक्ति स्थानीय तह र सबै सराेकारवालाहरुले सडक निर्माण कार्य अगाडि बढाउन अा अाफ्नाे तर्फबाट सहयाेग गर्नुपर्ने बताउनुभयो ।

रामाराेशन गाउपालिका अध्यक्ष झंकर साउदले ताेकिएकाे रुटमा सडक कालाेपत्रेकाे लागि ३ वर्षभित्रै काम सम्पन्न गर्नका लागि निर्माण ब्यावसायिहरुले काम गरिदिनुपर्ने, रामाराेशन क्षेत्रमा २ वटा पक्की पुलकाे प्रक्रिया अगाडि बढाउन र अपुग बजेटकाे ब्यावस्थापनका लागि प्रदेश सरकारलाई अनुराेध गर्नुभयो ।

अन्तरक्रियामा पूर्वाधार विकास निर्देशनालयका निर्देशक प्रेमदत्त भट्टले अहिलेकै अवस्थामा यहि रुटमा काम अघि बढाउन सकिने वा नसकिने भन्न नसकिने बताउनुभयो ।

तर काम गराउने निकायकाे हैसियतले यहि रुटमा पनि र बैकल्पिक रुटमा पनि जान तयार रहेकाे बताउनुभयो । पुरानैमा सडक बनाउदा पनि थप बजेट अावश्यक पर्ने र नयाँमा जाद पनि जग्गाकाे अावश्यक पर्ने उल्लेख गर्नुभयो ।

यस्तै पूर्वाधार कार्यालय अछामका प्रमुख जंगबहादुर थापाले जयगढ-माझेठाना-रामाराेशन सडक खण्डमा ४३ किलाेमिटर सडक कालाेपत्रेका लागि काम भईरहेकाेमा
शिलापुल देखि सैनिसम्मकाे १२ किलोमिटर सडक ८० प्रतिशत सडक तहसनहस भएको जानकारी गराउनुभएकाे थियाे । अहिले क्षति भएको ठाउमा अारसिसि सहितको सडक बनाउने गरि थप स्टमेट भैरहेकाे जानकारि गराउनुभएकाे थियाे ।

अन्तरक्रियामा सहभागी स्थानीय सराेकारवालाहरुले छाेटाे र सबै वडालाई समेट्ने भएकोले पुरानै रुटमा सडक छिटोभन्दा छिटाे निर्माण गरि कालाेपत्रे गरिनुपर्ने बताएका थिए ।

अन्तरक्रियामा नेकपा जिल्ला सचिव झपट साउद, मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बाेहरा, बान्निगढि जयगढ गाउपालिका उपाध्यक्ष लाेकेन्द्र साउद, रामाराेशन गाउपालिका उपाध्यक्ष सरस्वती रावल, पूर्व जिविस सभापति कृष्णप्रसाद भट्टराई लगायत नेकपा र नेपाली कांग्रेसका प्रमुख पतिनिधि, कर्मचारी र सराेकारवालाहरुकाे सहभागीता रहेकाे थियाे ।

अनाैपचारिक रुपमा भएको अन्तरक्रिया कार्यक्रमकाे सहजिकरण रामाराेशन गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीले गर्नुभएको पत्रकार महासंघ अछामका सचिव हाेम साउदले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker