रामारोशनका बाढि पिडितलाई नेकपा बान्नीगढीको आर्थिक सहयोग

नेपाल कम्युनिष्ट पार्टि (नेकपा) बान्नीगढी संगठन कमिटिले रामारोशन गाउँपालिकाका बाढि पिडितलाई आर्थिक सहयोग गरेको छ ।
भाद्र २ गते आएको बाढिका कारण आफन्त तथा घर तथा खेत गुमाएका रामारोशन गाउँपालिकाका बाढि पिडितलाई नेकपा बान्नीगढीले आर्थिक सहयोग गरेको हो ।नेकपा बान्नीगढिले संकलन गरेको रु ५५ हजार आईतवार हस्तान्तरण गरिएको छ ।
नेकपा बान्नीगढीका ईन्चार्ज लोक बहादुर साउँदले संकलीत रकम नेकपा रामारोशन गाउँपालिका ईन्चार्ज पहल साउँदलाई हस्तान्तरण गर्नु भएको हो । बाढिका कारण पुगेको क्षेतीप्रती दुःख व्यक्त गर्दै पिडितहरुको राहातका लागी अािर्थक सहयोग गरिएको ईन्चार्ज लोक बहादुर साउँदले बताउनुभयो ।
राहात बितरण कार्यक्रममा सह ईन्चार्ज निर्मला साउद,नेकपा जिल्ला सदस्य नवराज साउँद गाउँपालिका पार्टी अध्यक्ष तरुण खडका र सचिव जगत थापा लगायतका नेता सहभागी हुनु भएको थियो ।
जिल्लाको रामारोशन गाउँपालिकामा बर्षासंगै आएको बाढिले सैनीबजार पुरै बगाउनुका साथै १७ जना बेपत्ता भएका थिए । बेपत्ता भएका मध्य ७ जनाको शव भेटिएको छ भने अन्यको खोजी कार्य चलिरहेको छ ।
क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस