अछाम क्याम्पसको छात्रावास निर्माणका लागि प्रदेश सरकारलाई मागपत्र पेश

होम साउद, अछाम ६ असोज ।
अछाम बहुमुखी क्याम्पसको निर्माणाधिन १४ कोठे छात्रावास भवन निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारलाई मागपत्र पेश गरिएको छ ।
क्याम्पस सञ्चालक समिति अध्यक्ष तथा मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रि पठानसिंह बोहरा र आर्थिक मामिला तथा योजना मन्त्रि झपट बोहरालाई भेटेर मागपत्र पेश गर्नुभएको हो ।
छात्रावास निर्माणका लागि गत आर्थिक वर्ष २०७६/७७ मा ३७ लाख बजेट बिनियोजन भएको तर क्रमागत योजना भएपनि चालु आर्थिक वर्षमा बजेट बिनियोजन नभएकोले भवन निर्माण कार्य सम्पन्न गर्नका लागि आवश्यक बजेटका लागि प्रदेश सरकारका सम्वन्धित मन्त्रीलाई मागपत्र बुझाईएको संचालक समिति अध्यक्ष तथा नगरप्रमुख बोहराले बताउनुभयो ।
मागपत्र बुझ्दै दुबैजना मन्त्रिहरुले क्याम्पस सञ्चालक समितिको माग सम्वोधनका लागि आवश्यक पहल गर्ने बताएका छन ।
अछाम बहुमुखी क्याम्पसको १४ कोठे २ तल्ले छात्रावास भवन निर्माणका लागि १ करोड ९८ लाखको डिपिआर तयार भई भवन निर्माणाधिन अवस्थामा रहेको छ ।
क्याटेगोरी : मुख्य समाचार, शिक्षा, समाचार, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- २ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ३ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ४ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ५ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ८ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
प्रतिक्रिया दिनुहोस