बान्नीगढी गाउँपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टि

बान्नीगढी जयगढ गाउँपालिकामा बुधवार थप २ जनामा कोरोना संक्रमण देखीएको छ ।
भारतबाट फर्किएका वडा नम्बर ४ तिमिल्सैनका २ जना पुरुषमा कोरोना संक्रमण देखीएको हो ।
भारतबाट केहि दिन पहिले फर्किएक तिँ पुरुषहरु होम क्वारेन्टाईनमा बस्दै आएका बताईएको छ । आज संक्रमण पुष्टि भएका दुवै पुरुषमा कुनै पनि लक्षण नदेखीएको वडा अध्यक्ष कर्ण ठकुल्लाले बताउनुभयो ।
आज बुधवार २ जना कोरोना संक्रमित थपिएसंगै बान्नीगढी जयगढ गाउँपालिकामा सक्रिय कोरोना संक्रमितको संख्या २१ पुगेको छ । यस अघि १९ जना सक्रिय संक्रमित रहेकोमा थप २ जनामा कोरोना संक्रमण दखीएको हो ।
बान्नीगढी जयगढ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बसन्त रावलका अनुसार संक्रिय संक्रमीत मध्य ५ जना महिला र १६ जना पुरुष रहेका छन । संक्रमित सवैको स्वास्थ्य अवस्था सामान्य रहेको रावलले बताउनु भएको छ ।
यसै बिच
बान्नीगढी जयगढ गाउँपालिकालाई शिल गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागी भन्दै गाउँपालिकाले यहि असोज १३ गते देखी १ साताका लागी गाउँपालीका शिल गरिएको हो ।
भारतबाट फर्किएका एक पुरुषको कोरोना संक्रमण पश्चात निधन भएपछि बान्नीगढी जयगढ गाउँपालिकामा उच्च शतर्कता अपनाईएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदले कोरोना संक्रमण देखीएका एक युवकको कोरोना संक्रमण पश्चात निधन भएपछि अन्य आवश्यकता शतर्कतता अपनाउन तथा संक्रमण फैलिन नदिन कार्यपालिका बैठकको निणर्य अनुसार गाउँपालिका शिल गरिएको हो ।
यस अवधिमा बान्नीगढी जयगढ गाउँपालिकामा अत्यावश्यकीय सेवा बाहेक सम्पूणर् कार्यालय, शैक्षिक संस्था, बैंक तथा बित्तिय संस्था र बजार पुर्ण रुपमा बन्द गरिने गाउँपालिकाले जनाएको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस