ईन्जिनियर कुटपिट आरोपमा नगरप्रमुख बिष्टका छोरा सहित ३ जना पक्राउ

कमलबजार नगरपालिकाका नगर प्रमुख ओम प्रकाश बिष्टका छोरा सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नगरपालिकाका ईन्जिनियर नरेश न्यौपानेलाई कुटपिट गरेको आरोपमा नगर प्रमुख बिष्टका छोरा सहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

पक्राउ पर्नेमा नगर प्रमुख बिष्टका छोरा तपमान विष्ट एम्वुलेन्स चालक मदन विष्ट र नगर प्रमुखका नाती दिनेश विस्ट रहेका छन ।

यसै बिच स्थानीय तह कर्मचारी हकहित मञ्च रामारोशन गाउँपालिका समितिले ईन्जिनियर न्यौपानेमाथी कुटपिटको घटनाप्रति ध्यानकर्षण भएको बताउदै बिज्ञप्ती जारी गरेको छ ।

नियम बिपरित निजि स्वार्थ पुरा नभएकै कारण ईन्जिनियरमाथी भएको आक्रमण निन्दनिय भएको बिज्ञप्तीमा जनाईएको छ ।

स्थानीय कर्मचारी हक हित मञ्च रामारोशन गाउँपालिका कार्य समिति अध्यक्ष राम बहादुर भण्डारीद्धारा हस्ताक्षरीत बिज्ञप्ती मार्फत दोषी माथी कडा कार्वाहिको माग समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker