कमलबजारमा कोरोना जाँच प्रयोगशाला संचालनको तयारी अन्तिम चरणमा

कमलबजार नगरपालिकामा संचालनमा ल्याईन लागेको कोरोना भाईरस जाँच प्रयोगशाला संचालनको तयारी करिव अन्तिम चरणमा पुगेको छ ।
कोरोना भाइरस परीक्षणका लागि स्थापना गर्न लागिएको प्रयोगशाला सञ्चालनको अन्तिम तयारी भईरहेको हो । प्रयोगशाला सञ्चालनको काम ९५ प्रतिशतभन्दा बढी भइसकेकोले अव केही दिनमै सञ्चालनमा आउने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चक्र बहादुर बिष्टले बताउनुभयो ।
कमलबजार नगरपालिकाको पहलमा सञ्चालनमा आउन लागेको प्रयोगशाला स्थापनाका लागि पूर्वी अछामका ढकारी, तुर्माखाँद गाउँपालिका र पञ्चदेवल विनायक नगरपालिकाले साथ दिएका छन ।
कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालनको अन्तिम चरणमा रहेको पिसिआर मेसिन तथा प्रयोगशालाको गुणस्तर लगायतका अवस्थाको बारेमा प्रदेश स्तरीय एक स्वास्थ्य टोलीले अनुगमन समेत गरि सकेको छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीको टोलीले पिसिआर मेसिनको गुणस्तर तथा सञ्चालनको तयारी र अन्य अवस्थाका बारेमा जानकारी लिएको हो ।
निर्देशक डा अवस्थीले दुर्गममा पिसिआर मेसिन सञ्चालनको प्रयास गरेकोमा खुसी व्यक्त गर्दै प्रयोगशालाको निरन्तरतामा जोड दिनुपर्ने बताउनु भएको छ । प्रयोगशालाको नियमित सञ्चालनका लागि जिल्लाका दस वटै स्थानीय तहले साथ दिनुपर्ने उहाको भनाइ छ ।
विविध कारणबस प्रयोगशाला सञ्चालन गर्न ढिलाई भए पनि अब केहि दिन भित्रै परिक्षण सुरु हुने कमलबजार नगरपालिका स्वास्थ्य शाखा प्रमुख चक्र बिष्टले बताउनुभयो ।
जिल्लामै पहिलो पटक कमलबजार नगरपालिकामा कोरोना जाँच प्रयोगशाला संचालनमा आएमा यस क्षेत्रमा कोरोना संक्रमण न्युनिकरण तथा रोकथाममा ठुलो सहयोग पुग्ने बिष्टको बिश्वास छ ।
कुराकानी : चक्र बिष्ट्