अछाममा हालसालै भारतबाट फर्किएकाहरु होम क्वारेन्टाईनमा बस्दै : स्थानीय त्रसित

अछाममा भारतबाट हालसालै फर्किएकाहरुलाई होम क्वारेन्टाईनमा बसाउन थालीएको छ ।
यस अघि भारतबाट आएकाहरुलाई १४ दिन सम्म अनिवार्य रुपमा बिद्यालयमा स्थापना गरिएका क्वारेन्टाईनमा राख्ने गरिएको थियो । तर केहि साता यता भारतबाट हालसालै फर्किएकाहरु भने होम क्वारेन्टाईनमै बस्न थालेका हुन ।
भारतबाट हालसालै फर्किएर होम क्वारेन्टाईनमा बसीरहेकाहरु मध्य केहिमा कोरोना संक्रमण देखीएपछि स्थानीय त्रशित बनेका छन । यस अघिका दिनमा होम क्वारेन्टाईनमा बसेका भनिएकाहरुले लापरवाहि गर्ने आफन्तहरुलाई भेटघाट गर्ने गरेको लगायतका घटना सार्वजनिक भएका थिए ।
यसै बिच हालसालै भारतबाट फर्किएर होम क्वारेन्टाईनमा बसेकामध्य केहि नागरिकमा संक्रमण देखीएपछि अछामका सवै गाउँमा त्रास बढेको छ । स्थानीयले होम क्वारेन्टाईनमा बसेकाहरुले सुरक्षीत तथा नियम पालना गरे नगरेकोबारे स्थानीय सरकारले बिशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन ।
यसै बिच बान्नीगढी जयगढ गाउँपालिकामा पनि हालसालै भारतबाट फर्किएकाहरु होम क्वारेन्टाईनमा बस्दै आएको गाउँपालिकाले जनाएको छ । गाउँपाालिकाको स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य निरिक्षक बसन्त रावलका अनुसार भारतबाट फर्किएकाहरु होम क्वारेन्टाईनमा बस्दै आएका छन ।
होम क्वारेन्टाईनमा बस्दै आएकाहरुको अवस्था तथा आवश्यक नियम पालना गरे नगरेकाबारे वडाका जनप्रतिनिधिले निगरानी गर्नेगरि उनीहरुलाई होम क्वारेन्टाईनमा राखीएको रावलले बताउनुभयो ।
पछिल्लो समय गाउँपालिकाका बिद्यालयमा नियमित पठन पाठन सुरु गर्ने तयारी गरिएसंगै होम क्वारेन्टाईनमा राख्न थप दवाव पुगेको रावलको भनाई छ । नेपाल सरकारले सबै यातायात सन्चालनमा ल्याएपछि जिल्ला बाहिरबाट आएका नागरिकहरुको बारेमा गाउँपालिकामा जानकारी नहुने हुँदा क्वारेन्टाईनमा राख्न समस्या भईरहेकोे उहाँले बताउनुभयो ।
बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सैनमा बुधवार होम क्वारेन्टाईनमा रहेका २ जनामा कोरोनाको संक्रमण देखीएको थियो । भने साता दिन अघि मात्रै सरस्वती माद्यामिकको क्वारेन्टाईनमा बस्दै आएका १ पुरुषको कोरोना संक्रमण पश्चात मृत्यु भएको थियो ।
यसै बिच होम क्वारेन्टाईनका बिषयमा आज हामीले बान्नीगढी जयगढ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य निरिक्षक बसन्त रावलसंग कुराकानी गरेका छौ ।
कुराकानी : बसन्त रावल ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस