साँफेबगरमा शुसासन र पारदर्शितामा जोड दिईएको नगर प्रमुख कुँवरको दावी

साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुँवरले शुसासन र पारदर्शितामा बिशेष जोड दिईएको बताउनु भएको छ ।
नगरपाालिका भित्र संचालन हुने हरेक बिकास निर्माण लगायतका क्रियाकलापमा शुसासन र पारदर्शितामा बिशेष ध्यान दिईएको नगर प्रमुख कुँवरले बताउनु भएको हो ।
रेडियो बान्नीगढीको बहसमुलक कार्यक्रम बान्नीगढी बिशेषमा कुराकानी गर्दै उहाँले नगर भित्र हुने क्रियाकलापलाई पारदर्शि ढंगले सञ्चालन गर्न गुनासो सुनुवाई व्यवस्थापन प्रणाली सुरु गरिएको बताउनुभयो ।
बिरोधका लागी मात्र बिरोध गर्नु भन्दा पनि तथ्यमा आधारीत रहेर भ्रष्टाचार भए नभएको बिषयमा बोल्नु उचित हुने नगर प्रमुख कुँवरको भनाई छ । कोविड १९ कोरोना भाईरस नियन्त्रणका नाममा स्थानीय तहमा भ्रष्टचार भएको आरोप लाग्ने गरेको बिषयमा नगर प्रमुख कुल बहादुर कुँवरले आफ्नो नगरपालिकामा कोरोना नियन्त्रणका नाममा कुनै पनि आर्थिक अनियमितता नभएको दावी गर्नुभयो ।
कोरोना नियन्त्रणका लागी नगरपालिकामा बिभिन्न क्षेत्रमा भएको खर्चको हिसाव तथा बिवरण नागरिकहरुले सहजै रुपमा प्राप्त गर्न सक्ने उहाँले बताउनु भएको छ । यस आर्थिक बर्षमा संचालन हुने बिकास निर्माणका कार्यहरु पारदर्शि रुपमा सम्पन्न गर्नका लागी पुर्वाधार व्यवस्थापन प्रणाली लागु गरिने भएको छ ।
बिकास निर्माणका कार्यहरुको अनुगमन तथा निरिक्षणका क्रममा सर्वपक्षीय रुपमा सवैको सहभागीता गराउने समेत नगर प्रमुख कुँवरले उद्धघोष गर्नु भएको छ ।
बाईट : कुल बहादुर कुँवर
क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, समाज, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ बैतडीमा चितुवा आतंक कायमै दैनिक घरपालुवा जनावर मार्न थाल्यो
- २ रामारोशनको विकासका लागि पर्यटन विकास समितिको चाँसो
- ३ जनताका आवश्वकता अनुसार पहिलो बर्षको बजेट बिनियोजन गरेको : वडा अध्यक्ष शाही (कुराकानी सहित)
- ४ सुदूरपश्चिममा थप ५४ जनामा कोरोना पुष्टि
- ५ २४ घण्टामा ५ सय ५३ जनामा कोरोना पुष्टि, ४ सय ३३ जना निको
- ६ अछाममा आईतबार १ जनामा कोरोना भाइरसको संक्रमण
- ७ पहिराेले डुम्रे–बेसीसहर र बेसीसहर-चामे सडक खण्ड अवरुद्ध
- ८ तोलामा ५ सय रुपैयाँले घट्यो सुनको भाउ
प्रतिक्रिया दिनुहोस