साउँद सेवा समितिद्धारा रामारोशनका बाढि पिडितलाई आर्थिक सहयोग

साउँद सेवा समिति केन्द्रिय समितिले रामारोशन गाउँपालिकाका बाढि पिडितलाई आर्थिक सहयोग गरेको छ ।
भाद्र २ गते राती आएको बाढिमा परि ज्यान गुमाएका आफन्तलाई समितिले आर्थिक सहयोग गरेको हो ।
रामारोशन गाउँपालिकामा बाढिमा परि ज्यान गुमाएका मृतकका परिवारलाई प्रतिव्यत्ति ६ हजारका दरले आर्थिक सहयोग गरिएको साउँद सेवा समितिका केन्द्रिय महासचिव बिरेन्द्र साउँदले बताउनुभयो ।
बाढिमा परि ज्यान गुमाएका १७ जनाका परिवारलाई ६ हजारका दरले १ लाख २ हजार आर्थिक सहयोग गरिएको साउँदले जानकारी दिनुभयो ।
बाढिमा आफन्तसंगै घरवार गुमाएका नागरिकहरुलाई थोरै भएपनि राहात मिलोस भन्ने उद्धेश्यले साउँद सेवा केन्द्रिय समितिको निणर्य अनुसार राहात बितरण गरिएको केन्द्रिय अध्यक्ष लोक बहादुर साउँदले बताउनु भएको छ ।
सोमबार साउँद सेवा समितिको केन्द्रिय समिति पदाधीकारी सहितको एक टोलीले स्थानीय सामाजीक अगुवाको रोहवरमा पिडितलाई आर्थिक सहयोग उपलव्ध गराएको नेपाली कांग्रेस अछामका जिल्ला सदस्य मान बहादुर साउँदले जानकारी दिनुभयो ।
आर्थिक सहयोग बितरण कार्यक्रममा साउँद सेवा समितिका केन्द्रिय अध्यक्ष लोक बहादुर साउँद,बरिष्ठ् उपाध्यक्ष उदय प्रकाश साउँद,उपाध्यक्ष कर्णजीत साउँद,महासचिव बिरेन्द्र साउँद, केन्द्रिय सल्लाहकारद्धय राजेन्द्र सामन्त,खडक साउँद,समाजसेवी टेक बहादुर साउँद,कालि बुढा,मान बहादुर साउँद लगायत सहभागी हुुनुभएको थियो ।
साउँद सेवा समितिका तर्फबाट राहात बितरण गरिएकोमा बाढि पिडितले समितिलाई धन्यवाद ज्ञापन गरेका छन । गएको भाद्र २ गते राती बर्षासंगै आएको बाढिका कारण रामारोशन गाउँपालिका सैनी बजार पुणर् रुपमा बगाउनुका साथै १७ जनाको ज्यान गएको थियो ।