ड्रिम नेपाल र लाईन्स क्लवद्धारा रामारोशनका बाढि पिडितलाई आर्थिक सहयोग ( भिडियो सहित )

डिग्निटी फोरम फर सोसिअल जस्टिस ( ड्रिम नेपाल) र लाईन्स क्लव अफ काठमाण्डौ लिटिल बुद्धले रामारोशन गाउँपालिकाका बाढि पिडितलाई आर्थिक सहयोग गरेको छ ।
गएको भाद्र २ गते बर्षासंगै आएको बाढिमा परि ज्यान गुमाएका तथा घरबार गुमाएकाहरुलाई सहयोग गरिएको हो ।
बाढी पहिरोमा परि ज्यान गुमाएका र बाढिबाट प्रभावित भएकाहरुलाई ५१ हजार सहयोग हस्तान्तरण गरिएको ड्रिम नेपाल जापानका संयोजक बिरेन्द्र रावलले बताउनुभयो ।
रामारोशन गाउँपालिका अध्यक्ष झंकर साउँदसंग भर्चुअल कार्यक्रम मार्फत बाढि पिडितलाई सहयोग हस्तान्तरण गरिएको हो ।
भर्चुअल कार्यक्रममा रामारोशन गाउपालिका अध्यक्ष झंकर साउदसंगै संस्थासंग जोडिएका परोपकारी भावना भएका देश तथा विदेशमा रहेका नेपाली युवाहरु सहभागि थिए ।
भर्चुअल कार्यक्रममा लाईन्स क्लवका क्षेत्रिय अध्यक्ष विष्णु भण्डारी,विरेन्द्र रावल,अर्जुन बसेल,शन्तोष चौधरी लिला देवकोठा, प्रिया लामिछाने ,भरत रावल,टंक रेग्मी,हेमराज साउद,नरेन्द्र खड्का ,पुष्प खड्का ,टंक धमाला,रमेश विश्वकर्मा लगायत सहभागी हुनु भएको थियो ।
भिडियो :-