३२ बर्षपछि मेल्लेख ठाँटिका ४ सय बढि परिवारले लालपुर्जा पाउँदै

मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाँटीका ४ सय ७ घर परिवारले जग्गाधनीपुर्जा लालपुर्जा पाउने भएका छन् ।
२०४५ सालदेखी लालपुर्जा बिहिन रहेका मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाँटीका ४ सय ७ घरपरिवारले ३२ बर्षपछि जग्गाधनी प्रमाण पत्रलालपुर्जा पाउने भएका हुन् ।
३२ बर्षदेखी जग्गाधनी प्रमाण पत्रलालपुर्जा बिहिन रहेका घरपरिवारलाई दशैँ अगाडी नै लालपुर्जा बितरण गर्ने तयारी भईरहेको मेल्लेख गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराले बताउनु भएको छ ।
लामो समय देखीको प्रयास पश्चात जग्गाधनी प्रमाण पत्र बितरणको कार्य अन्तिम चरणमा आईपुगेको अध्यक्ष बोहराले बताउनुभयो । मेल्लेख गाउँपालिकाको बिशेष पहलसंगै जिल्ला नापी कार्यालय,जिल्ला प्रशासन कार्यालय,मालपोत कार्यालय लगायतको पहलमा लालपुर्जा बिहिन घर परिवारलाई लालपुर्जा उपलव्ध गराउने कार्य अन्तिम चरणमा पुगेको अध्यक्ष बोहराको भनाई छ ।
तीँ घरपरिवारलाई लालपुर्जा बितरण गर्दा राजश्व के कसरी व्यवस्थापन गर्ने भन्ने बिषयमा छलफल जारि रहेको उहाँले बताउनुभयो । ३२ बर्षदेखी लालपुर्जा बिहिन रहेका घर परिवारले लालपुर्जा पाउने भएपछि उनीहरु निकै हर्षित भएको बोहराले बताउनुभयो ।
यस अघि जग्गाधनी प्रमाण पत्रलालपुर्जा नभएकै कारण ठाँटिमा स्वास्थ्य भवन लगायतका पुर्वाधार बिकासका लागी बजेट आउदा समेत कार्यान्वयन नभएर रकम फ्रिज भएकोमा अव बिकास निर्माणका कार्यसंगै नागरिकहरुलाई बैँक लगायत बित्तय कारोवारमा फाईदा पुग्ने अध्यक्ष बोहराको बिश्वास छ ।
गाउँपालिकामा आफु निर्वाचित भए पश्चात मेल्लेख गाउँपालिकासंगै बिभिन्न निकाय तथा व्यक्तिहरुको सहयोग तथा पहलबाट लालपुर्जा बितरण कार्यले सार्थकता पाउन लागेको गाउँपालिका अध्यक्ष बोहराले बताउनुभयो ।
कुराकानी :- लोक बहादुर बोहरा :-