युवाहरुले आफ्नै गाउँघरमा पौरख गरेर रोजगार बन्नुपर्ने :- नगरप्रमुख बोहरा (अडियो सहित)

मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले आफ्नै गाउँ ठाउँमा युवाहरुले काम गर्नुपर्नेमा जोड दिनु भएको छ ।
कोविड १९ कोरोना भाईरसका कारण रोजगार गुमाएर गाउँ फर्किएकाहरु फेरी बिदेशीन थालेकोमा चिन्ता व्यक्त गर्दै नगर प्रमुख बोहराले आफ्नै गाउँठाउँमा केहि काम गरेर रोजगार बन्नुपर्नेमा जोड दिनु भएको हो ।
बिदेशमा गएर जस्तो सुकै काम गर्न पनि पछि नपर्ने तर गाउँठाउँमा श्रम गर्न हिच्कीचाउने प्रवृत्ति युवाहरुमा देखीएको उहाँको भनाई छ ।
कोरोना भाईरसका कारण रोजगारी गुमाई गाउँ फर्किएका युवाहरुलाई गाउँठाउँमा स्वरोजगार बनाउन स्थानीय सरकार र प्रदेश सरकारका तर्फबाट आवश्यक कार्यक्रम संचालन हुदा समेत युवाहरुले यस्ता कार्यक्रममा कुनै चाँसो नदिएको बोहराले बताउनुभयो ।
गाउँठाउँमा कृषी तथा पशु पालन लगायतका व्यवासायका लागी आवश्यक अनुदानका कार्यक्रम संचालन हुदा समेत युवाहरु बिदेश पलायन हुनु दुःखद भएको उहाँले बताउनु भएको छ ।
आफ्नै गाउँठाउँमा पौरख गरेर स्वरोजगार बन्न चाहाने युवाहरुका लागी मंगलसैन नगरपालिकाका तर्फबाट आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको नगर प्रमुख बोहराले उद्धघोष गर्नु भएको छ ।
बाईट ः पदम बोहरा ।