यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र सुरक्षीत गर्भपतन सम्वन्धी प्रशिक्षण धनगढीमा सुरु

यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र सुरक्षीत गर्भपतन सम्वन्धी प्रशिक्षण कार्यक्रम धनगढीमा सुरु भएको छ ।

अन्तराष्टिय गैर सरकारी संस्था आईपास नेपालको आयोजनामा ५ दिने प्रशिक्षण कार्यक्रम धनगढीमा सुरु भएको हो ।

शुक्रवार देखी सुरु भएको तालिममा सुदूरपश्चिम प्रदेशका ४ जिल्लाका अभियान्ताहरुको सहभागीता रहेको छ ।

यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र सुरक्षीत गर्भपतन सम्बन्धी बनेका निति नियम कार्यान्वयनमा रचनात्मक सहयोग सहित सुदूरपश्चिमका स्थानीय तहलाई यस बिषयमा थप जिम्मेवार बनाउन आवश्यक भुमिका निर्वाह गर्न सहयोग पुर्याउने उद्धेश्यले बिभिन्न जिल्लाबाट छनोट गरिएका प्रतिनिधिलाई तालीममा सहभागी गराईएको आईपास नेपालका कार्यक्रम संयोजक लक्ष्मण के.सीले बताउनुभयो ।

तालीममा सहभागी भएका युवा तथा युवतीहरुले स्थानीय तहमा यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र सुरक्षीत गर्भपतनको अवस्थाका बिषयमा आवश्यक निति निर्माणका लागी दवाव दिने अपेक्षा राखीएको छ ।

तालीमका सहभागीहरुलाई नेपालमा यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र सुरक्षीत गर्भपतन सम्बन्धीका निति नियम र कानुन कार्यान्वयनको अवस्था र चुनौती लगायतका बिषयमा प्रशिक्षण गराईने तालीमका प्रमुख प्रशिक्षक हिमालयन ग्रोथ माईण्ड्सका संस्थापक गोविन्द प्रसाद न्यौपानले बताउनुभयो ।

कोरोना संक्रमण रोकथामका लागी आवश्यक शर्तकता सहित संचालन भएको तालीम यहि असोज २७ गते सम्म संचालन हुने छ ।

तालीमको सहजीकरण आईपास नेपालका कार्यक्रम संयोजक सुदूरपश्चिम कार्यक्रम संयोजक लक्ष्मण के.सी प्रदेश संयोजक शंकर धामी, अनुसन्धान तथा मुल्याँकन सल्लाहकार मञ्जु महर्जनले गरिरहनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker