यौन तथा प्रजनन् स्वास्थ्यका बिषयमा बनेका कानुन कार्यान्वयन गर्नुपर्छ : अधिबक्ता थपलिया

यौन,प्रजनन् स्वास्थ्य तथा सुरक्षीत गर्भपतनका बिषयमा नागरिकले खुलेर बहस गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन ।
यौन,प्रजनन् स्वास्थ्य तथा सुरक्षीत गर्भपन सम्वन्धी धनगढीमा जारी प्रशिक्षण कार्यक्रमका सहभागीले यसका बिषयमा खुलेर बहस गर्नुपर्नेमा जोड दिएका हुन् ।
यौन तथा प्रजनन् स्वास्थ्य र सुरक्षीत गर्भपतनका बिषयमा नागरिकहरुले अझै पनि खुलेर बोल्न नसकेका कारण बिभिन्न समस्या रहदै आएको कार्यक्रममा सहभागीको बुझाई छ ।
यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारका बिषयमा खुलेर छलफल तथा बहश हुन नसक्दा बिशेष गरि सुदूरपश्चिमका महिलाहरुले स्वास्थ्य समस्या झेल्दै आएका सहभागीको भनाई छ ।
तालिमका प्रशिक्षक तथा कानुनी अधिबक्ता अनिता न्यौपाने थपलियाले नेपालमा यौन तथा प्रजनन् स्वास्थ्य र सुरक्षीत गर्भपतन बिषयमा खुलेर बोल्न नसक्दा बिभिन्न समस्या निम्तिने गरेका बताउनुभयो ।
यस्ता बिषयमा कानेखुसी मात्रै हुने तर समस्या पर्दा मात्र बाहिर जानकारी पाईने भएका कारण महिलाहरु बढि समस्यामा पर्ने गरेको थपलियाको भनाई छ ।
महिलाको यौन,प्रजनन् अधिकारका क्षेत्रमा थुप्रै कानुनहरु बनेका भएपनि कानुन कार्यान्वयनका लागी स्वयम महिला तथा प्रजनन् उमेरका किशोरी जागरुक बन्न नसकेको थपलियाले बताउनुभयो ।
यसै बिच आज हामीले नेपालमा यौन तथा प्रजनन् स्वास्थ्य र सुरक्षीत गर्भपतनको अवस्था र कानुनी व्यवस्थाका बिषयमा तालीमका प्रशिक्षक तथा कानुनी सहयोग तथा परामर्श केन्द्र (ल्याक नेपाल ) का अध्यक्ष अधिबक्ता अनिता न्यौपाने थपलियासंग कुराकानी गरेका छौ ।
कुराकानी : अनिता थपलिया ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्वास्थ्य, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस