रामारोशन गाउँपालिका स्वास्थ्य सेवामा अछाममा उत्कृष्ट बन्न सफल

रामारोशन गाउँपालिका स्वास्थ्य सेवामा अछाममा उत्कृष्ट बन्न सफल भएको छ । अछामका अन्य स्थानीय तहको तुलनामा रामारोशन गाउँपालिकाले स्वास्थ क्षेत्रमा राम्रो भुमिका खेलेको भन्दै एक कार्यक्रमकका बीच सम्मानित भएको छ ।

स्वास्थ्य सेवा तर्फ नियमित गर्नुपर्ने कार्यहरु समयमै गरेको मासीक रिर्पोट समयमै बुझाउने गरेको लगायतका सुचकका आधारमा रामारोशन गाउँपालिका सम्मानीत तथा पुरस्कृत भएको सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शनिवार एक समारोहका बीच गाउँपालिकालाई ४० हजार नगद सहित सम्मान गर्नु भएको हो ।

सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयद्धारा शनिवार एक कार्यक्रमका बीच धनगढीमा सम्मान सहित पुरस्कार प्रदान गरेको रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले बताउनुभयो ।

स्वास्थ्य सेवाका क्षेत्रमा जनतालाई सहज रुपमा घर आँगनमा नै सेवा दिने गरी गाउँपालिका अघि बढीरहेको उपाध्यक्ष रावलले बताउनु भएको छ । सम्मानले आगामी दिनमा थप जिम्मेवार बन्न र काम गर्न हौसला मिलेको रावलले बताउनु भएको छ ।

शनिबार सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीमा एक कार्यक्रमको आयोजना गरी बिभिन्न स्वास्थ्य संस्थाहरुलाई सम्मान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker