३२ बर्ष पछि मेल्लेख ३ ठाँटीका २ सय ५० घरधुरीले लालपुर्जा पाए

जिल्लाको मेल्लेख गाउपालिका वडा नम्बर ३ ठाँटीका स्थानिय बसिन्दाले जग्गा धनी प्रमाण पुर्जा पाएका छन् । ३२ बर्ष पछि ठाँटिका स्थानियहरुले जग्गा धनी प्रमाण पुर्जा पाएका हुन् । ३२ वर्ष देखि ठाँटीका ४०७ घरधुरी जग्गाधनि प्रमाण पुर्जा बिहिन थिए ।
२०४५ सालमा जग्गा नापि भई प्रमाण पुर्जा वितरणको अन्तिम चरणमा रहेको भएपनि शसस्त्र द्वन्द्वका बेला विद्रोही पक्षले २०५८ सालमा अछाम जिल्ला आक्रमण गरेको थियो । सोहि बेला जिल्लाका विभिन्न सरकारी कार्यालय ध्वस्त भएका थिए ।
जिल्ला प्रशासन, जिल्ला मालपोत कार्यालय र नापी कार्यालय पनि ध्वस्त पारेपछि जिल्लाका सम्पुर्ण प्रमाणहरु नष्ट भएका थिए ।तत्पश्चात जिल्लाको धेरै जग्गाहरुको लालपुर्जा नष्ट भएको थियो त्यो संगै मेल्लेख गाउपालिकाको वडा नं ३ साविकको ठाँटी गाविस पुरै लालपुर्जा विहिन भएको थियो ।
गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराको विशेष पहलमा ठाँटिमा सोमबार एक समारोहका बिच २५० घरधुरीलाई लालपुर्जा हस्तान्तरण गरिएको छ । अन्य १५७ घरधुरीलाई वितरण गरिने प्रक्रियामा रहको गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अथिति रहेका अध्यक्ष बोहराले आफुले चुनावका बेला ठाँटीका जनतालाई लालपुर्जा वितरण गर्ने बाचा गरेको र अहिले त्यो बाचा पूरा गरेको बताए । उनले आगामी दिनमा पनि जनताको आवश्यकता र चाहना अनुसार काम गर्न अघि बढ्ने प्रतिबद्धता जनाए।
वडा न ३ ठाँटीका वडा अध्यक्ष केशर बहादुर शाहको अध्यक्षतामा भएकोलालपुर्जा वितरण कार्यक्रमका बिशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय, गाउँपालिकाका उपाध्यक्ष धन बहादुर शाही लगायतका समाजसेवी, जनप्रतिनिधि तथा जग्गाधनीहरुको सहभागीता रहेको थियो ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस