ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु

अछाम जिल्लामा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

जिल्लाको साँफेबगर नगरपालिका वडा नं। ७ ककडसातमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको हो ।

स्थानिय बल ठकुल्लाको से १ त ८३३८ नम्बरको ट्याक्टर दुर्घटना हुदाँ साँफेबगर नगरपालिका वडा नं। ७ का राम नगार्जीका छोरा अन्दाजी १५ बर्षिय राजु नगार्जीे घट्ना स्थलमै मृत्यु भएको हो ।

बुढीगंगा नदिबाट बालुवा ल्याउने क्रममा मोतिपुर जाने बाटो नजिकै ट्याक्टर दुर्घटना भएको थियो।

ट्याक्टर दुर्घटनामा अन्य दुई जना सामान्य घाईते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker