पाँचकोटि नगार्जि समाजद्वारा रामारोसनका बाढिपिडितलाई ४७ हजार बढी आर्थीक सहयोग

पाँचकोटि नगार्जि समाजले रामारोसन गाउँपालीकाका बाढिपिडितहरुलाई ४७ हजार ६ सय आर्थीक सहयोग गरेको छ ।
समाजका अध्यक्ष रुप बहादुर नगार्जिको अध्यक्षतामा भएको राहात बितरण कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष्य लक्ष्मण परियार प्रमुख अथिती रहनु भएको थियो भने समितिका संस्थापक अध्यक्ष शंकर नगार्जि बिशिष्ट रहनु भएको थियो ।
राहात बितरण कार्यक्रममा स्थायि प्रहरी पोस्ट चौताराका ईन्चार्ज भुवनपाल ठकुरी, पाँचकोटि नगार्जि समाजका उपाध्यक्ष प्रकाश नगार्जि, सहसचिव वृष नगार्जि , कोषाध्यक्ष समिना नगार्जि र सदस्यहरु नृप नगार्जि, देवेन्द्र नगार्जि, राम नगार्जि, कुले नगार्जि, टोल कमिटि बेल्पाटाका अध्यक्ष लोकेन्द्र नगार्जि लगायत रामारोशन गाउँपालीका वडा नम्बर ५ का वडा सदस्य सेर बहादुर वोहोरा वडा सचिव राधिका बजगाई लगायत मृतकपरिवारका आफन्तहरु र अन्य स्थानीयको सहभागीता रहेको थियो ।
कार्यक्रममा मृतकहरु प्रति एकमिनेट भावपुर्ण श्रद्धाञ्जली अर्पण समेत गरीएको थियो । कार्यक्रको संचालन समितिका सदस्य राम बहादुर नगार्जिले गर्नु भएको थियो ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस