२ लाख २३ हजार नगद सहित ५ जुवाडे पक्राउ

२ लाख २३ हजार नगद सहित ५ जुवाडे पक्राउ परेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ६ बाट गएराती नगद सहित पक्राउ गरिएको जनाएको छ ।

पक्राउ पर्नेमा गौरीगंगा–६ का भक्त बहादुर शाही, राम बहादुर साउद,डम्बर शाही, रङ्ग शाही र वीर बहादुर साउद रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

उनीहरुलाई गएराती नै इलाका प्रहरी कार्यालय मालाखेतीमो जिम्मा लगाइएको थियो ।

दिनेश खवरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker