अछाममा एक हजार ६५ जना काेराेना संक्रमण मुक्त

टेकराज भण्डारी, कात्तिक १२, अछाम
अछाममा एक हजार ६५ जना काेराेना भाईरस (काेभिड-१९) संक्रमण मुक्त भएका छन् ।
जिल्लाका विभिन्न स्थानीय तह, प्रहरी, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी लगायत गरि एक हजार ६५ जना काेराेना संक्रमित संक्रमित मुक्त भई घर फर्किएका जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।
हालसम्म जम्मा काेराेना संक्रमित एक हजार एक सय ३५ जनामध्ये एक हजार ३५ जना निकाे भई निकाे हुनेकाे प्रतिशत ९३ दशमलब ८३ पुगेकाे जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देब जाेशीले जानकारी दिनुभयाे ।
सबैभन्दा बढी जिल्लाको साँफेबगर नगरपालिकाका दुई सय ४९ जना निकाे भएका छन् । यस्तै रामाराेशन गाउँपालिकाका एक सय ६३, मेल्लेख गाउँपालिकाका एक सय ४३ तथा मंगलसैन नगरपालिकाका एक सय ४० जना काेराेना संक्रमण मुक्त भएका छन् ।
बान्नीगढी जयगढ गाउँपालिकाका ९८ जना, पञ्चदेवल विनायक नगरपालिकाका ८५ जना, चाैरपाटी गाउँपालिकाका ७६ जना तुर्माखाँद गाउँपालिकाका ५५ जना, ढकारी गाउँपालिकािका २९ जना तथा कमलबजार नगरपालिकाका २५ जना काेराेना संक्रमण मुक्त भएका छन् । अब जिल्लामा सक्रिय संक्रमितको संख्या ६६ जना रहेकाे स्वास्थ्य कार्यालयकाे तथ्यांक छ ।
अछाममा हालसम्म १० हजार चार सय ६१ पीसीआर परिक्षणका लागि स्वाब संकलन गरिएकोमा नाै हजार दुई सय ६४ जनाकाे रिपोर्ट नेगेटिभ आएकाे छ । काेराेना संक्रमितमध्ये सात सय ७८ जना पुरुष र दुई सय ७५ जना महिला रहेका छन् । काेराेना भाईरस संक्रमणका कारण अछाम जिल्लाका ४ जनाकाे ज्यान गएकाे स्वास्थ्य कार्यालयले जनाएको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस