Techie IT

तिमिल्सैनमा यस बर्ष सैनिगडा मेला नलाग्ने


तिमिल्सैनमा यस बर्ष सैनिगडा मेला नलाग्ने भएको छ ।

वडा कार्यालयले एक सुचना जारी गर्दै तिमिल्सैनमा यस बर्ष सैनिगडा मेला नलाग्ने जनाएको हो ।

कोविड १९ कोरोना भाईरस संक्रमणको जोखीम कायमै रहेकाले गाउँ कार्यपालिकाको निणर्य अनुसार वडा कार्यालय तिमिल्सैनमा यस बर्ष मेला लाग्न नदिने निणर्य गरेको वडा अध्यक्ष कर्ण ठकुल्लाले बताउनुभयो ।

कोरोना भाईरसको संक्रमण फैलिन नदिन हरेक बर्ष कोर्जागत पुर्णीमाका दिन लाग्दै आएको तिमिल्सैन सैनिगडा मेला यस बर्ष र्पुण रुपमा स्थगीत गर्ने निणर्य गरिएको अध्यक्ष ठकुल्लाको भनाई छ ।

यस बर्ष राँगा तथा बोकाको बलि दिन पुर्ण रुपमा रोक लगाउने निणर्य गरिएको बताउदै वडा अध्यक्ष ठकुल्लले नियम बिपरित कार्य गर्नेलाई कानुनी कार्वाहि गरिने बताउनुभयो ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस