Techie IT

रामारोशन गाउँपालिका अध्यक्ष साउँद हिटलर बन्न थालेपछि तालाबन्दी : उपाध्यक्ष रावल (कुराकानी सहित)


रामारोशन गाउँपालिका अध्यक्ष झँकर साउँद भास्करले हिटलर शैली अपनाएको उपाध्यक्ष सरस्वती रावलले आरोप लगाउनु भएको छ ।

गाउँपालिका सरकार संचालनमा गाउँपालिका अध्यक्ष साउँदले हिटलर तथा तानाशाह शैलीको रवैया प्रस्तुत गरेको उपाध्यक्ष रावलले आरोप लगाउनु भएको हो ।

रेडियो बान्नीगढीसंग कुराकानी गर्दै उपाध्यक्ष रावलले स्थानीय सरकार संचालन, बजेट कार्यान्वयन र कर्मचारी नियुक्तिमा गाउँपालिका अध्यक्ष साउँदले एकात्मक शासन लादेको उल्लेख गर्नुभयो ।

गाउँपालिकाबाट संचालन हुने बिकास निर्माणको अनुगमन समितिको प्रतिवेदन बिपरित अध्यक्ष साउँदले ठाडो आदेशमा रकम भुक्तानी गर्न लगाउने गरेको,गाउँपालिकाका कार्यक्रममा उपाध्यक्ष तथा कार्यपालिका सदस्यलाई दवावमा पारेर निर्णय गर्ने गरेका रावलको आरोप छ ।

यसै बिच गाउँपालिकालाई एकात्मक तथा मनपरि ढंगवाट संचालन गरेको भन्दै रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले बुधवारदेखी गाउँपालिका कार्यालयमा तालाबन्दि गर्नु भएको छ ।

गाउँपालिकाका हरेक क्रियाकलापमा अध्यक्ष साउँदले एकात्मक शासन गरेको भन्दै बुधवार देखी गरिएको तालीबन्दि अझै जारि छ ।

गाउँपालिका अध्यक्ष र आफु बिच भएको बिवादका बिषयमा पार्टिसंग परामर्श गरिरहेको बताउदै उपाध्यक्ष रावलले आवश्यक परेमा कानुनी प्रकृया अगाढी बढाउने बताउनु भएको छ ।

कुराकानी :-


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस